गुन्मामा दूई वृद्धाको हत्यारालाई मृत्युदण्डको सजाय

टोकियो । जापानको गुन्मा क्षेत्रस्थित माइवेशी जिल्ला अदालतमा २७  वर्षका एक युवकलाई दुइ वृद्धको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ । उनले २०१४ को  नोबेम्बर र डिसेम्बरमा दुइ वृद्धको हत्या गरेका थिए ।

 कोर्टका अनुसार  डिसेम्बर १६ २०१४ मा २१ वर्षिय युवा  क्याजुवा ट्युचियाले टानिकिचीले कवायुराको घरमा छिरेर ८१ वर्षिय श्रीमान  र  उनकी ८० वर्षिय श्रीमतीको छुरी हानी प्रहार गरेका थिए । टानिकिचीको मृत्यु उनको घाउको कारण भएको थियो चने उनको श्रीमतीको मृत्यु भने सामान्य चोटको कारण भएको थियो ।

ट्यचियाले योसिइ कोजिमा नामका ९३ वर्षिय वृद्धालाई नोभेम्बरमा उनको घरमा छुरी प्रहार गरि हत्या गरेका थिए । उनले कोजिमाको घरबाट ५ हजार यान समेत चोरी गरेका थिए ।

 दुई हत्यारामा संलग्न उनलाई २०१४ डिसेम्बर २३ मा प्रहरीले  रामेन रेष्टुरेन्टबाट हिरासतमा लिएको थियो । उनले आफुलाई नितान्त पैसाको खाँचो भएको भन्दै दुबै हत्या गरेको स्विकारेका छन् । उनलाई प्रक्राउ गरेको समयमा उसंग १०० यान मात्र भएको प्रहरीले बताएको छ । साथै समयमा  भुक्तानी नगरेकाले उनको अपार्टमेन्टको ग्यास तथा बिजुलि समेत काटिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?