एलडीपिको अध्यक्षमा फेरी आवेलाई समर्थन गर्ने पार्टीका शक्तिशाली नेता तोसिहिरो निकाईको भनाई

जापान। जापानको लिवरल डेमोक्रेटिक पार्टीका(LDP) शक्तिशाली नेता तोसिहिरो निकाईले आगामी कार्यकालका लागि सिन्जु आवेलाई नै पार्टीको अध्यक्षमा समर्थन गर्ने बताएका छन् ।
abenikai-abe

सिन्जु आवेको पार्टी अध्यक्षको कार्यकाल २०१८ को सेप्टेम्बरमा सकिदैंछ । आवेको सफल कार्यकालको बारेमा पार्टीमा कसैले पनि प्रश्न उठाएका छैनन् त्यसैले आवेले फेरी पार्टी प्रमुख बन्न रुची देखाएमा आफुले सजिलै समर्थन गर्ने निकाईले बताए ।

जापानी प्रधानमन्त्री सिन्जु आवे लिवरल डेमोक्रेटिक पार्टीको प्रमुखको रुपमा दोस्रो कार्यकालको रुपमा कार्यरत छन् । पार्टीको विधान अनुसार एक व्यक्तिले ३(३ वर्ष गरि दुई पटक पार्टी प्रमुखको भूमिकामा रहन पाउने उल्लेख गरिएको छ ।

आवेलाई फेरी पार्टी प्रमुख बनाउने हो भने लिवरल डेमोक्रेटिक पार्टीको विधानलाई फेरी पुनर्लेखन र व्याख्या गर्नुपर्ने हुन्छ । निकाईले बताएका अनुसार विधान परिवर्तनको लागि पार्टीको बैठकमा उल्लेख्य छलफल हुने जनाईएको छ ।

तर निकाईका पूर्ववर्ती सिको नोडाले टोकियोको एउटा कार्यक्रममा सिन्जु आवेले फेरी पार्टी प्रमुखको भूमिकामा आउन नचाएको बताएका छन् । पूर्व प्रधानमन्त्री जुनिकिरो कोईजुमिले जस्तै पार्टीको विधानलाई मान्दै आवे पनि अघि बढ्नेछन् भन्ने विश्वास रहेको नोडाले बताईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?