जापानी जनताको पक्षमा लडिरहने टोकियो गभर्नरका दावेदार टोरिगोएको भनाई

टोकियो ।टोकियो गभर्नरका दावेदार टोरिगोएले जापानी जनताको पक्षमा उनीहरु संगै मिलेर काम गर्ने बताएका छन्  ।जापानको राजधानी टोकियोमा साताको तीन दिन भैरहेको गर्भनर छनोट अभियान भैरहेको छ । करिब ५ सय मानिसको सहभागिता भैरहेको उक्त अभियानमा महिला सहभागिको संख्या धेरै रहेको छ  ।torigoe

 टोकियो गभर्नरका दाबेदार मध्ये एक हुन टोरिगोए । उनि जापानमा लामो समय देखि माइनिची शिमबुन पत्रिकाको रिपोर्टरको रुपमा कार्यरत थिए । हालै उनि जापानको साप्ताहिक समाचार म्यागजिन सन्डे माइनीचीको प्रमुख सम्पादको  पदमा बसेर काम गरिसकेका छन् । साथै उनि टिभीको प्रस्तोता तथा टिप्पणीकतार्का रुपमा कार्यरत थिए ।

गभर्नरका दावेदार टोरिगोएले आफु सदा सत्यको खोजिमा रहने बताएका छन् । प्रशासनिक काम खासै दख्खल नभएका उनले  आफुलाई आगामी समाजको वास्तविकता अनुसार अघि बढ्ने विशेष प्रकारको धारणा सार्वजनिक गरिसकेका छन् ।

उनले सभामा राज्यको ढुकुटीमा जम्मा हुने कर जापानी नागरिकको मेहनत र पसिनाद्वारा जम्मा हुने वास्तविकता जापानी सरकार तथा शहर विधानसभाले जान्नुपर्ने प्रष्टाएकका थिए ।  उनको यस भनाइको समर्थनमा सभामा सहभागीले ताली बजाएर समर्थन गरेका थिए ।

जुलाई १२ टोकियोको गभर्नर छनोट गरिने अभियान  आधिकारिक रुपमा दूइ दिन सम्म चल्ने घोषणा गरिएको गरिएको थियो । उनले टोकियोको समर्थक सवैधानिक संसोधन शिविरमा दुइ ओटा सिट सुरक्षित रहेको बताएका छन् ।

    यो चुनावी अभियान जुलाई १५ सम्म सिमित रहने छ । उनले माथिल्लो सदनको निर्वाचनमा सहयोग गरेका  विभिन्न चार पार्टी संग जोडिएको बताएका छन् । उनी डेमोक्रेटिक पार्टी , जापानिज कम्युनिष्ट पार्टी, सामाजिक डेमोक्रेटिक  पार्टी तथा जनता जिवन पार्टीसंग जोडिएका थिए ।

वास्तवमा उनले आशावादी र कहिल्यै नविर्सने हाँस्यास्पद वस्तुको रुपमा आफु सहित सबै मानवलाई महशुस गर्ने बताएका छन । मानिसले  शंका र आलोचनाको सामाना गर्दा के प्रतिक्रिया दिने भन्नेकुरा जन्मजात जानेर आएको हुन्छ त्यसैले आफुलाई हुने समर्थन र आलोचनालाई स्वाभाविक रुपमा लिने बताएका छन ।

 जापानमा उनलाई नचिन्ने मानिस विरलै होलान । उनले आफुलाई यस क्षेत्रमा समर्पित गर्न चाहेको बताउँदै एक सम्मेलनमा आफ्नो ध्यान कुनै एक विरोधी दलसंगको झगडामा भन्दा मानिसको दैनिक जीवनयापनमा भोग्ने गरेका अफ्ठ्यारा र कठिनाईहरुमा केन्द्रित हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?