जनसम्पर्क समितिको अधिवेशनमा यूवा शक्तिको प्रतिनिधित्व गर्दै निरजको उमेद्वारी

जापान।नेपालको राजनैतिक आन्दोलनका फरक फरक मोर्चा, जुलुस र आन्दोलनहरुमा भूमिका निभाएका निरज सापकोटाले जनसम्पर्क समिति जापानको हुन गईरहेको अधिवेशनको केन्द्रिय समिति सदस्यमा उमेद्वारी दिएका छन् ।niraj sapakota

उनले हाल जनसम्पर्क समिति, नागोयाका उपाध्यक्ष भएर सामाजिक सेवामा सक्रिय छन् । हाल जापानमा रहेका निरज सापकोटा नेपालमा हुँदा नेपाली कांग्रेसको तर्फबाट प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए ।

सन् २००४ मा जापान प्रवेश गरेका निरज कुनै बेला नेपालको विधार्थी आन्दोलनमा सडकका जुलुस र आन्दोलनमा भेटिन्थे । देश बदल्ने सपना बोकेर सडकका मोर्चाहरुमा नाराबाजी गर्दै हिड्ने निरजको सामाजिक सेवा गर्ने बानि जापानमा गएर पनि छुटेन ।

हाल उनी जापानमा रहेका नेपालीहरुलाई आफुले सक्दो सहयोग गरिरहेका छन् । जापानमा रहेर थप नेपाली दाजुभाई दिदिबहिनीहरुलाई सहयोग गर्न उत्सुक निरजले अधिवेशनमा भोट हालेर केन्द्रिय समिति सदस्यमा निर्वा्चित गरिदिन अपिल पनि गरेका छन् ।

अधिवेशनको निर्वाचनमा निर्वाचित भए आफुले जापानमा रहेका नेपालीहरुको थप सेवा गर्न पाउने अवसर पाउने भन्दै उनले सबैसंग सहयोगको अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?