जापानमा बम पड्काउने दक्षिण कोरियालीलाई ४ वर्षको जेल सजाय

टोकियो ।गत वर्षको नोभेम्बर २३ तारिकमा जापानको यासुकुनी श्रीनको एउटा घरको ट्वाइलेटमा घरेलु पाईप बम पड्काएको आरोपमा दक्षिण कोरियाली नागरिकलाई जापानमा ४ वर्षको जेल सजाय सुनाईएको छ ।Jeon Chang-Han
दक्षिण कोरियाली २८ वर्षीय जेओन चांग हानलाई जापानको श्रीनमा अवैधानिक रुपले प्रवेश गरेको र बम पड्काएको आरोपमा सुरुमा गिरफ्तार गरिएको जनाईएको छ ।
अनुसन्धान गर्दा जेओनले कसैलाई पनि हानी पुर्याउने उदेश्य नभएको र दक्षिण कोरियाली मिडियाहरुलाई प्रभावमा पार्न त्यस्तो गतिविधि गरेको पुष्टि भएको छ ।
कार्यवाहक न्याधिश काजुनोरी कारीले त्यो बम विस्फोटन धेरै नै खतरनाक रहेको र त्यसले नराम्रो स्थिति पैदा गर्न सक्थ्यो भनेका छन् ।
जेओनले बम बिस्फोट गरे लगत्तै जापान छोडेका थिए तर उनी डिसेम्बर ९ मा जापान फर्किदा दुई किलोग्राम बारुद सहित गिरफ्तार भएका थिए ।
जेओनको त्यो गतिविधिलाई जापानीहरुले आतंकवादी गतिविधि भन्दै कानुन अनुसार कारवाही गर्नुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?