फ्रेन्च आर्किटेक्चर द्वारा डिजाईन भएको टोकियो संग्राहलय विश्व सम्पदा सुचिमा सुचिकृत

टोकियो । विश्व सम्पदा समिती  युनस्कोले आइतबार जापानको टोकियो स्थित  संग्राहलयलाई  कलात्मक संग्राहलयको रुपमा विश्व सम्पदा सुचिमा सुचिकृत गरेको छ ।

स्विस फ्रेन्चका आर्किटेक कोरव्युसिरद्धारा डिजाइन गरेका  अन्य १६ विल्डिङलाई पनि विश्व  सम्पदा सुचिमा परेका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक, विज्ञान तथा सांस्कृतिक संस्थाले जापानको टोकियोमा रहेको पश्चिमी सांस्कृतिक संम्पदा तथा कलाको नामले चिनिएको  संग्राहलयलाई आधुनिक वास्तुकलाको संघको रुपमा घोषणा गरेको छ ।tokyo-museum

उक्त विल्डिङलाई फ्रान्सको विल्डिङ भिल्ला सभियो तथा  भारतको चन्डीगढ विल्डिङमा पनि समावेश गरिएको छ ।  सन् १९५९ मा प्रसिद्ध आर्किटेक्चर द्धारा तयार पारिएको टोकियो संग्राहलयलाई जापान र फ्रान्स विच भएको द्धितिय विश्व युद्धको कुटनितिक सम्बन्धको परिचयको रुपमा लिने गरिन्छ ।

यो टोकियोको पहिलो र  जापानको २० औ विश्व सम्पदा सुचिकृत सम्पदा हो ।  बैठकले अन्य १७ ओटा विल्डिङलाई औपचारिक  रुपमा विश्व सम्पदा सुचिमा सुचिकृत गरेको छ । टोकियो म्युजियमका  उत्कृष्ट विशेषता मध्ये आर्किटेक्चरहरुको हस्ताक्षर पनि एक हो ।

ले कोरबुसियोरद्धारा डिजाइन गरेको जापानीज विल्डिङ शैलिका विल्डिङहरु अर्जेन्टिना, बेल्जियम, फ्रान्स, जर्मनी, भारत तथा स्विजरल्याण्डमा पनि रहेका छन् ।

जापानका एम टि फुजि लगायत अन्य चारवटा प्राकृतिक साइट तथा  नेशनल कल्चर  संग्राहलय सांकृतिक क्षेत्र  सहित ओगासरोया आइसल्याण्ड चेन समेत  विश्व सम्पदा सुचिमा परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?