जापानमा हुने भनेको पोखरेली दिदीबहिनीको तिजको कार्यक्रम विवादमा

टोकियो । जापानमा पोखरेली दिदीबहिनी समुहले आयोजना गर्न लागेको तीजको कार्यक्रम सुरु तयारीको क्रममा नै विवादितमा तानिएको छ । pokhareli-Didi-bahinee

हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा आउँदो अगस्ट १३ तारिकमा पोखरेली दिदि बहिनी समुहले तिजको विशेष कार्यक्रम आयोजना हुने लागेको भन्ने समाचार केहि अनलाईन मिडियाहरुमा आएपछि सो संस्थाकी अध्यक्ष प्रेमीला गौचनले त्यो समाचारमा कुनै सत्यता नभएको भन्दै विज्ञप्ति नै जारि गरेर स्पष्ट पारेकी छिन् ।

आफुहरुलाई थाहा नै नदिई जापानमा तिजको कार्यक्रम आयोजना हुनलागेको समाचारलाई आफ्नो संस्थालाई बदनाम गर्न खोजेको गम्भीर आरोप अध्यक्ष गौचनले लगाएकी छिन् ।

पोखरेली दिदीबहिनी समूहले जारि गरेको विज्ञप्तिको पूर्ण पाठ यस्तो छ।

हिजो प्रकाशित समुन्द्रपारी डट कम र मेरो संचार डट कमको समाचार प्रती गहिरो दुस्ख व्यक्त गर्दै कुनै पनि संस्था कसैको निजी पेवा अर्थात साधन होइन । कुनै पनि संस्थाको आफ्नै कार्य शैली , उद्देश्य हुन्छन ।

तथापी अहिले च्याउ जस्त्तै उम्रेको समाज सेवाको नाममा विभिन्न विक्रितीहरु पनि जनमानसमा नआएको होइन । तेस्को ज्वलन्त उदाहरण पोख्रेली दिदी बहिनी समाजमा पनि देखिएको छ ।

म संस्थापक अध्यक्षको हैसियतले मेरो अनुमती बिना अर्थात मलाई कुनै जानकारी नदिई म र मेरो संस्था बदनाम गर्ने कुचेष्टा गरिएको र पोख्रेली दिदी बहिनी भनेको पोखराबासीले जन्माएको नभै काठमाडौं मा भएका दिदी बहिनी ले दुस्ख सुख, भलाकुसारी गर्ने एउटा साझा चौतारीको थलो निर्माण गर्ने उद्देश्य ले आज भन्दा ९,१० वर्ष पहिले खोलिएको संस्था हो ।

सोही उद्देश्य बमोजिम मैले पनि जापानमा स्थापित गर्न चाहन्थे । तर परीणाम उल्टो निस्किएको छ । यो समाचार प्रती गहिरो दुस्ख व्यक्त गर्दै म अध्यक्ष्यको अनुमती अर्थात जानकारी नदिई मेरो भावना लाई चोट पुर्य्याउने कुचेष्टा गरेकोले आजकै मितिबाट यस समाज कि भिम कुमारी गुरुङ , अन्जु भण्डारी , एनी शेरचन र बिनु गुरुङ लाई यस पोख्रेली दिदी बहिनीको कुनै पनि पदमा नरहने गरी बर्खास्त गरेको एसै प्रेष विज्ञप्ति मार्फत जानकारी गराउछु ।

प्रेमिला गौचन
संस्थापक अध्यक्ष (जापान )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?