जापानको अनौठो रेष्टुरेन्ट, जहाँ मान्छेले होइन बाँदरले वेटरको काम गर्छन (फोटो फिचर)

monkey-serve-food-3टोकियो । भनिन्छ, मानिस र बाँदर विकासक्रम र मस्तिष्कका हिसाले नजिकै छन् । यदि यो कुरालाई यथार्थमा देख्न चाहनुहुन्छ भने जापानको टोकियास्थित काबुकी रेष्टुरेन्टमा जानुपर्छ ।

यो रेष्टुरेन्ट यसकारण अनौठो छ कि यहाँ वेटरको काम मान्छेले नभई बाँदरले गर्दछ । यो बाँदरले मेनु ल्याएर दिने मात्रै नभएर अर्डर लिने र खानेकुरा समेत दिने काम गर्छ ।monkey-serve-food-2

यी बाँदरले अन्य वेटर सरह कपडा समेत लगाउँने गर्छन् । बाँदर वेटरका कारण यो रेष्टुरेन्ट जापानमा चर्चामा रहेको छ र यहाँ मानिसहरु खानभन्दा बढी वेटर बाँदरलाई हेर्न आउने गर्छन ।

रेष्टुरेन्टका मालिकलाई आफ्नो पाल्तु बाँदरले कामको नक्कल गर्न थालेपछि यो अनौठो विचार आएको हो । उसले कामको नक्कल गर्न थालेपछि आफ्नो कामको प्रचारका लागि बाँदरलाई काममा लगाउने विचार उनमा आएको हो ।monkey-serve-food-4

येट चेन र फुकु चेन नामका बाँदर यो रेष्टुरेन्टमा सन् २००८ देखि काम गर्दै आएका छन् । यिनीहरुमध्ये येट चेन जेठो हो । रेष्टुरेन्टमा ग्राहक छिरेसँगै यी बाँदर सेवामा लागिहाल्छन् ।

एउटाले पाहुनाका लागि कुर्सी मिलाइदिन्छ भने अर्कोले हात पुछ्ने टावेल ल्याइदिन्छ । त्यसपछि एक बाँदरले अर्डर लिन्छ र अर्को बाँदरले लगेर खानेकुरा दिन्छ ।monkey-serve-food-5

जापानी कानून अनुसार जनावरलाई २ घण्टाभन्दा बढि काममा लगाउन पाइँदैन । त्यसैले रेष्टुरेन्टमा अहिले यी दुई बाहेक अरु बाँदर पनि राखिएको छ ।

यी बाँदरहरुले ग्राहकको अर्डर सजिलैसँग बुझ्छन् र खाना, पेयपदार्थ लगेर दिन्छन् । यी बाँदरहरुले ग्राहकको टेबल नम्बर समेत राम्ररी याद गर्छन । monkey-serve-food-6

monkey-serve-food-7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?