जापानको कान्तो क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

earthquakeटोकियो । जापानको कान्तो क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार मंगलबार दिउँसो १२ बजेर ५७ मिनेटमा जमिन भन्दा ३० किलोमिटर मुनी केन्द्रविन्दु बनाएर भूकम्प गएको जापान भौगर्भिक विभागले जनाएको छ ।

भूकम्पका कारण अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन भने सुनामीको खतरा समेत नरहेको जनाइएको छ ।

यसअघि आइतबार पनि जापानको राजधानी टोकियो र चिवा क्षेत्रको इबाराकी– केनलाई केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

जापान चारवटा ‘तेक्नोटिक प्लेट’ मा अवस्थित रहेकाले प्रत्येक वर्ष तुलनात्मक रुपमा केही ठूला तथा कैयौँ साना भूकम्प जाने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?