भूकम्प पीडितका लागि कुमामोतोमा अस्थाई आवासीय कम्प्लेक्स खुल्यो

जापान । जापानको कुमामोतो क्षेत्रमा अप्रिलमा गएको भूकम्पमा घरवारविहिन भएकाहरुको बसोबासका लागि अस्थाई आवासीय कम्प्लेक्स सुचारु गरिएको छ ।kumamutu-housing

सहरबाट ७ किमी टाढा रहेको सो आवासीय कम्प्लेक्समा ५१६ घरका भूकम्प पिडितहरु बसोबासका लागि गईसकेका छन् । त्यस वरिपरी यातायातका लागि सजिलो होस् भन्नका लागि स्थानीय जापानी सरकारले नयाँ बसको सेवा सुचारु गरिसकेको छ ।

सरकारले आवासीय क्षेत्र अगाडी किनमेलका लागि नयाँ बजार सुचारु गर्ने योजना समेत बनाएको छ । भूकम्पमा आफ्नो घर पूर्ण रुपमा क्षतिग्रस्त भएका ७७ वर्षीय वृद्दले सरकारले दिएको आवासीय सुविधाका कारण आफुले अब फेरी सानो कारमा रात विताउन नपर्ने भएको भन्दै सरकारलाई धन्यवाद दिएको छ ।

स्थानीय जापान सरकारले भूकम्प प्रभावित कुमामोतो क्षेत्रका १६ नगरपालिकाहरुमा ३६०० अस्थाई आवास क्षेत्रहरु निर्माण गरिरहेको छ ।

त्यसै क्रममा जापानका भुमि मन्त्री किची इशीले शनिवार मासिकी सहरमा भ्रमण गरेका छन् । त्यसक्रममा ९० प्रतिशत आवासहरुको निर्माण यो महिनाको अन्त्य सम्म पुरा भैसक्ने मन्त्रीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?