जापानमा एक दिने नेपाल बिजिनेस सेमिनार सम्पन्न

Japan Nepal Businessटोकियो । जापान नेपाल बिजिनेस एसोसिएशन, जापानको आयोजनामा पहिलो पटक नेपाल बिजनेस सेमिनार सम्पन्न भएको छ ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थानपनाको ६० वर्ष पुगेको अवसरमा दुई देशबीचको व्यापारलाई कसरी अघि बढाउने भन्ने विषयमा अन्तर्राष्ट्रिय स्तरको सेमिनार आयोजना गरिएको हो ।

सेमिनारमा प्रमुख अतिथि जापानका लागि कार्यबहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले नेपालमा अथाह व्यापारको सम्भावना रहेको र नेपालमा कानुनी रुपमा नै विदेशी लगानी सुरक्षित रहेको भन्दै निर्धक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरे ।

राजभण्डारीले नेपाल ‘ल्याण्ड लक’ देश नभएर ‘ल्याण्ड लिंक’ देशको रुपमा विकास गर्न सकिने भन्दै जापानको लगानीले नेपालमा आर्थिक उन्नती हुन सक्ने औल्याए ।

कार्यक्रममा कार्यकममा व्भ्त्च्इ का प्रतिनिधि सुजुकी ताकासी, जापान नेपाल बिजिनेस एसोसिएसनको अध्यक्ष देजिमा योसिनोबु, नेपाल जापान सोसाईटीको अध्यक्ष एबम नेपालका लागि पूर्व राजदूत कोजिमा मित्सुआकी, जापानी डायटका सदस्य नागासाकी कोतारो, एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानांगले नेपालमा जापानको लगानी र दुईदेशबीच व्यापार सम्बन्धमा प्रकाश पारेका थिए ।

यसैगरी परराष्ट्रमन्त्री फुमियो किसिदा, जापान नेपाल पार्लियामेन्टका सभापति तोसिहिरो, पूर्वमन्त्री साइतो तेचुओ, सब भन्दा बढी उमेरमा सगरमाथा आरोहण गर्ने जापानी नागरिक युचिरो मिउरालगाउतले सफलताको कामना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?