आफूलाई प्राप्त पुरस्कार रकम स्कुललाई सहयोग

Dipak Tuladhar1काठमाडौं । मातृभाषा शिक्षाका अभियन्ता दिपक तुलाधरले आफूलाई प्राप्त पुरस्कार रकम एक विद्यालयलाई सहयोग गरेका छन् ।

उनलाई काठमाडौंमा सम्पन्न नेवाः देय दबुको एक कार्यक्रममा नेवारी भाषाको शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गरेकामा ठाकुरलाल पुस्कार प्रदान गरिएको थियो ।

पुरस्कारबाट प्राप्त रकममध्ये ५० हजार उनले लुभु नेवाः इंग्लिस स्कुललाई सहयोग गरेका हुन् । पुरस्कारबाट प्राप्त रकममध्ये बाँकी रहेको ५० हजार पनि नेवाः भाषा संग सम्बन्धित व्यक्ति तथा स्कुललाई प्रदान गर्ने जानकारी दिए ।

उनले विद्यालयमा मातृभाषा पढाउनुपर्छ, बाल बच्चाहरुलाई मातृभाषाबाट शिक्षा भन्ने उद्देश्यसहित ‘नेवार बस्ती नेवार स्कुल’ अभियान सञ्चालन गरेका थिए ।

lubhu Newa School

Newa Basti Newa School Abhiyan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?