नयाँ र पुरानो जापानलाई यसरी जोड्दैछ युकताले

जापान। जुलाई महिनामा टोकियो विश्वविद्यालयमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका हुन्छन् । जसमध्य विश्वविद्यालयका शिक्षक र विधार्थीहरुले युकता नामको लुगा लगाएर समय विताउने गर्छन् ।

kumuno

टोकियो विश्वविद्यालयमा भर्खरका युवाहरुलाई किमोनो लगायत पुराना कपडाहरुको बारेमा परिचय गराउनको निम्ति त्यस्तो कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।

युकाता शब्दले पातलो कपडा बाट बनेको कपडालाई जनाउँछ जसलाई राति सुत्ने बेलामा प्रयोग गरिन्छ । इड़ोको समय(१६०३(१८६७)मा सेन्टोमा सबैका लागि सार्वजनिक स्नान गृहहरु बनाईएका थिए ।

त्यहिवेला देखि नै युकताको कपडा गर्मी समयमा जापानमा प्रख्यात बन्दै आएको हो । जापानमा आयोजना हुने विभिन्न चाडपर्व तथा उत्सवहरुमा जस्तै आगो बालेर देखाईने विभिन्न झाँकीहरु, मन्दिरमा पुजा गर्न जाँदा अनि बोन नाचमा जाँदा युकता प्रयोग गरिने गरिन्छ ।

तर विश्वविद्यालयमा युकता लगाउन तन्नेरीहरु अफ्ठ्यारो महसुस गर्ने गर्छन् । जापानको कोकुगाकुईन विश्वविद्यालयको शिबुया क्याम्पसमा सन् २०१५ देखि युकता महोत्सव हुँदै आईरहेको छ ।kumuno1 kumuno2

त्यो उत्सवलाई वासो डे (परम्परागत जापानी कपडा लगाउने दिन) नामले चिनिन्छ भने त्यसको मुख्य उदेश्य भनेको विधार्थीहरुको अनुभवलाई सहयोग पुर्याउनु र जापानको संस्कृतिलाई नवयुवाहरुलाई सिकाउंदै लैजानु हो । विश्वविद्यालयले युकता कसरि लगाउने भने निशुल्क कार्यशाला पनि आयोजना गरेको हुन्छ ।

किमोनो बारेमा जानेका अनुभवी व्यक्तिहरुले युकुता कसरि लगाउने भन्ने बारेमा विशेष तालिम पनि दिने गर्छन् । जापानको क्युरित्सु ओमेन्स विश्वविद्यालयको कान्दा हितोसुवासी क्याम्पसमा सन् २०१४ देखि वर्षमा एक पटक युकता डे मनाईदै आएको छ ।

त्यस्तै सोफिया विश्वविद्यालयले सन् २०१३ देखि वर्षेनी युकता डे मनाउन थालिएको छ । युकता डे मनाउन विभिन्न विश्वविद्यालयमा भेला भएका अधिंकाश जापानी युवाहरुले किमोनो गर्मि महिनामा लगाउन अत्यन्त सुविधामय, हलुका भएको भन्दै प्रशंसा गरेका छन् ।

धेरै युवाहरुले किमोनो उत्सव एक दिन मात्र आयोजना गर्दा सबै सहभागी हुन नसक्ने भन्दै कम्तिमा एक हप्ता सम्म किमोनो उत्सव आयोजना गर्न पर्ने सुझाव समेत दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?