रेलले किच्दा दुई जापानी महिलाको मृत्यु

 

जापान । जापानको टोकोसिमा क्षेत्र स्थित इसि रेल स्टेशनमा रेलले किच्दा दुइ महिलाको मृत्यु भएको छ । इसि स्टेशन नजिकैको क्रसिङ बारमा  हिडिरहेका  दुई महिला एक्कासि चिप्लिएपछि रेल चालकले अकस्मात ब्रेक लगाएपछि पनि रेल समयमा रोकिएको थिएन ।

tokushima

घटनामा रेलमा कुनै असर नपुगेको रेल चालकले बताएका छन् । शनिबार  राति ८.४५ मा भएको दुर्घटनामा मारिएका दुई महिलाको सनाखत भैरहेको जापानी प्रहरिले जनाएको छ ।

मृत्यु हुने महिलाहरु ३० र ४०  उमेर समुहको हुन  सक्ने प्रहरीले बताएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?