भूकम्पमा अपांगता भएकाहरुको लागि साकुरा ह्विलचेयर प्रोजेक्टको विशेष कार्यक्रम

टोकियो । जापन र नेपालमा विनाशकारी भूकम्प गएपछि अपागं हुनेहरुको संख्या अत्याधिक मात्रामा वृद्धी भएको थियो ।

अपांगहरुको सहज जीवनयापन र स्वावलम्बी जिवनपद्दतीको विकास, अभ्यास र अपागंमैत्री साधनको पहुँच पुर्याउने उदेश्यले टोकियोमा साकुरा ह्विलचेयर प्रोजेक्टको विशेष कार्यक्रम जुलाई १६ तारिकमा सम्पन्न भएको छ ।wheel-chair

कार्यक्रममा साकुरा व्हिलचियर प्रोजेक्टका संयोजक हबिब उर रहमान, साईतो कोबो प्रमुख शोउ शाईतो,  गुल्मेली समाज जापानका सदस्य राम प्रसाद ढकाल, जापान काउन्सिल इन्डेपेन्डीग लिभिंग JIL की मिसीओ सानको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालमा हाल सम्म जम्मा १२ को संख्यामा रहेका विधुतिय व्हिलचियरको संख्यामा वृद्धी, मर्मत र निर्यात कसरी गर्ने बारे छलफल भएको जनाईएको छ ।

सो कार्यक्रममा साकुरा व्हिलचियर प्रोजेक्टका प्रमुख शोउ साईतोले विभीन्न देशको भ्रमण अध्ययन र अवलोकनको आधारमा आगामी दिनमा अघिबढ्ने स्पष्ट मार्गदर्शन पेश गरेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल जापान पिस सोसाइटीका अध्यक्ष तथा कानुनविद बलराम श्रेष्ठ, ईन्डिपेन्डीग लिभीगं सेन्टर CIL नेपालका महासचिव कृष्ण गौतम, सामाजिक अगुवा तथा स्वयंसेवी  कृष्ण प्रसाद भण्डारीको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालजापान पिस सोसाइटी अध्यक्ष श्री श्रेष्ठले माछा होईन बल्छीको व्यवस्थामा जोड दिदै फरक प्रतिभा भएका व्यक्तिको आयआर्जन र भविष्य बारे आफ्ना धारणा व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा CIL नेपालका महासचिव श्री गौतमले जापानवासी नेपालीहरुलाई स्वदेश फर्किंदा एउटा ह्विलचेयर लिएर आउन अनुरोध गरेका थिए।

आगामी दिनमा नेपाल-जापान पीस सोसाईटी, साकुरा ह्विलचेयर प्रोजेक्ट जापान र ईन्डिपेन्डीग लिभीग सेन्टरको सहकार्यमा नेपालमा धेरै ह्विलचेयर भित्राउने विषयमा सबैको समान धारणा हुनुपर्ने समाजसेवी  कृष्ण प्रसाद भण्डारीको जोड रहेको थियो ।

करिव ३० लाख हाराहारीमा रहेको अपांगहरुलाई सबैले आ-आफ्नै स्थानबाट योगदान गर्नपर्ने श्री ढकालले विचार रहेको थियो ।

अपांग भएर कष्टकर जीवन बिताएका व्यक्तिका लागि दुई वटा विधुतीय ह्विलचिएर नेपाल पठाउने निर्णय गर्दै कार्यक्रम समापन भएको थियो ।

कार्यक्रममा पाकिस्तान, कम्बोडिया, भियतनाम, मंगोलिया, जापान आदि देशका ईन्डिपेन्डीग लिभीग सेन्टरका प्रतिनिधि साथै अपांगक्षेत्रमा क्रियाशील व्यक्तीहरूको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?