जापानको कान्तो क्षेत्रलार्इ केन्द्र बिन्दु बनाएर गयो भूकम्प, सुनामीको खतरा छैन

Japan quakeटोकियो । जापानमा आइतबार भूकम्प गएको छ । स्थानीय समयअनुसार दिउँसो १ बजेर २४ मिनेटमा कान्तो क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का महसुस गरिएपनि अहिले सम्म क्षतिको कुनै विवरण सार्वजनिक भएको छैन ।

जापानी भूगर्व एजेन्सीले जमिनदेखि ४० किलोमिटर मुनी टोकियोको उत्तरी क्षेत्र इबाराकी–केन नाम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ ।

यस्तै यो भूकम्पबाट सुनामीको कुनै खतरा नरहेको पनि जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?