जापानको यो पवित्र स्थल जहाँ १३ सय वर्षदेखि महिलालाई प्रवेश निषेध छ

mount-omine-japanटोकियो । जापानको होंशु द्वीपको कान्साई क्षेत्रमा रहेको पाउन्ट ओमाइन सदियौंदेखि पवित्र स्थलको रुपमा पुजित छ ।

यो पर्वतको आधिकारिक नाम माउन्ट सान्जो हो, तर स्थानीयबासीमा यो माउन्ट ओमाईनको नामबाट प्रसिद्ध छ ।
यो पर्वत जापानको एक लोकधर्म ‘शुगेंदो’ का अनुयायीहरुले पवित्र स्थलका रुपमा मान्छन् ।

माउन्ट ओमाईन दशौ शताब्दीमा जापानमा एक सबैभन्दा पवित्र पर्वतमा दर्ज भएको थियो । एक पवित्र र पुजित स्थल भएपनि यहाँ करिब १३ सय वर्षदेखि महिलालाई प्रवेश निषेध गरिएको छ ।

संसारमा अरुपनि महिलालाई निषेध गरेका क्षेत्र छन् । जस्तो भारतको सबरिमाला, शनि शिंगनपुर आदि क्षेत्रमा पनि महिला प्रवेश गर्न पाउँदैनन् ।

पारम्परिक रुपमा माउन्ट ओमाईनमा बौद्धभिक्षुहरु ध्यानमा मग्न हुने गर्छन । महिला आएमा यी साधनारत भिक्षुको ध्यान भंग हुने भन्दै महिलालाई प्रवेशमा रोक लगाइएको हो ।

केही मानवअधिकारवादी संगठनहरुले महिलामाथिको प्रतिबन्ध मानवअधिकारको उल्लंघन भएको बताउँदै तत्काल खुल्ला गरिनुपर्ने बताउँदै आएका छन् ।

माउन्ट ओमाईन साँस्कृतिक ऐतिहासिक महत्वको क्षेत्र हो । सन् २००४ मा युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?