जापान । एशिया-युरोप विच भएको शिखर सम्मेलनमा आईतवार जापानी प्रधानमन्त्री सिन्जु आवेले बेईजिंगलाई अन्तराष्ट्रिय अदालतको निर्णयलाई सम्मान गर्न आग्रह गरेका छन्।
दक्षिणी चिनियाँ समुन्द्री क्षेत्रमा उसको अधिपत्यलाई खारेज गरिदिएको छ। अदालतको त्यो निर्णयलाई स्वीकार गर्न आवेले माग गरेका हुन् ।
मंगोलियाको राजधानी उलान बाटोर छोड्ने क्रममा प्रधानमन्त्री आवेले सम्मेलनमा भेला भएका नेताहरुलाई अन्तराष्ट्रिय कानुनको नियम बारे भनेका छन्, “ अन्तराष्ट्रिय समुदायले विश्वव्यापी नियमहरुलाई मान्दै अघि बढ्नुपर्छ। “
“मलाई दृढ विश्वास छ कि चिनियाँ दक्षिणी समुन्द्री विवाद शान्तिपूर्ण तरिकाले समाधान हुनेछ । “, आवेले बताए।
हेगमा रहेको स्थायी अदालतले दक्षिणी समुन्द्री तटमा बेईजिंगको दावीमा कुनै आधिकारिकता नभएको समेत बताई सकेको छ ।
बेईजिंगले पेश गरेको प्रमाणमा १९४० को नक्सा अनुसार नौ वटा ड्यास लगाईएको लाईन जसलाई अर्को देशको नक्सा सम्म जोडिएको थियो । त्यसलाई हेगले आधिकारिक बताएको छैन ।
तर अन्तराष्ट्रिय अदालतको त्यो निर्णयलाई चीनले अन्तराष्ट्रिय कानुनको अपव्याख्या गरिएको भन्दै विरोध गरिसकेको छ ।
चीनले त्यो विषयलाई एशिया-युरोप शिखर सम्मेलनमा बहसमा ल्याउन आवश्यक नभएको समेत बताएको थियो ।
चीनको विरोधका बाबजुत त्यो दक्षिणी समुन्द्री सिमा विवादबारे त्यो सम्मेलनमा बहसहरु उठान गरिएको थियो ।
चीनले विरोध गरे पनि सम्मेलनमा सहभागी अधिकांशले चीनले अन्तराष्ट्रिय कानुनको पालना गर्न पर्ने बताएका थिए।
“चीनीयाँ साथीहरुलाई यो विषयमा समान धारणा बनाउन गाह्रो छ तर हामीले उठाईरहेका विषय केहि अफ्ठ्यारा, असजिला भए पनि विश्वसनीय छन् । “, एशिया युरोप सम्मेलनका अध्यक्ष डोनाल्ड टस्कले बताएका छन् ।
जापानी प्रधानमन्त्री सिन्जु आवे र चिनियाँ प्रतिनिधि फुच भएको भेटवार्तामा त्यो सम्झौता पुनरावलोकन गर्ने बारे समान धारणा बनेको थियो।
भेटको क्रममा आवेले भियतनामको मरिटाईम कानुनको निर्माणको लागि सामुहिक पहल गर्न समेत समेत गरेका थिए ।
आवेले ३० मिनेट लामो भेटघाटको क्रममा चिनियाँ नेता ली किजिंगलाई आफ्ना धारणाहरु सुनाएका थिए।
भेटघाटको क्रममा चिनियाँ प्रतिनिधिले जापानी प्रधानमन्त्री आवेलाई दक्षिणी समुन्द्री विवादबारे उत्तेजित अभिव्यक्ति नदिई संयमित हुन आग्रह समेत गरेका थिए ।
यता चीनले भने एशिया-युरोपको शिखर सम्मेलनलाई भविष्यका लागि सहकार्य गर्न सकिने माध्यमको रुपमा लिएको छ।
विश्वभरी महत्वकांक्षी योजनाहरु बनाउँदै अघि बढ्ने लगायत एशिया र युरोपका क्षेत्रहरुमा ठूला ठूला विकास निर्माणका कामहरु गर्दै अघि बढ्ने गरि चीनले एशिया- युरोप सम्मेलनलाई लिएको छ ।