जापानका यी वृद्ध, जो अझै स्कुले केटीको कपडा लगाउँछन्, के हाेला कारण ?

टोकियो । बच्चा, वृद्ध र जवान सबै आफ्नो जीवन आफ्नै तरिकाले जिउन चाहन्छ र मजा लिन चाहन्छ । तर व्यस्त जीवनमा जब आफ्नो तरिकाले जीउन सक्दैन, उसले आफ्नो जीवनलाई नयाँ तरिकाले जिउने कुरा सोच्छ र जीवनलाई सम्झनयोग्य बनाँनका लागि नयाँ काम गर्ने वा व्यवहार प्रदर्शन गर्न थाल्छ ।

उमेरले वृद्ध अवस्थामा पुगेका यी व्यक्ति पनि अहिले आफूलाई बच्चाको भेषमा देखाएर यस्तै गरिरहेका छन् । उज्यालो अनुसार, लामो फुलेको सेतै दाह्री, रिबले बाँधेको सेतो कपाल, घुँडासम्म मोजा, आँखामा चस्मा र शरीरमा जापानी स्कुले छात्राको जस्तै पहिरन उनको परिचय हो ।Japan 1

हिदेकी कोबायासी साताको हरेक एक दिन यस्तै पहिरन लगाएर हिड्ने गर्छन । कोबायासीले साताको अन्तिम दिन जुन कपडा लगाउँछन्, यस्तो कपडा जापानमा स्कुले छात्राको प्रतिक हो ।

यसरी उनी जापानका सबैभन्दा प्रसिद्ध स्कुलगर्ल बनेका छन् । उनले यस्तो कपडा कहिले देखि लगाउन थाले भन्नेबारेमा केही भन्न नसकिएपनि उनका ३० वर्षीय एक साथीले यस्तो पोशाक लगाएका कारण उनलाई जापानी चाउचाउ सुप निःशुल्क दिइने गरेको बताए ।Japan 3

जापानमा यसलाई पारम्पारिक ड्रेस मानिन्छ, जसलाई सेलर युनिफर्म ओजिसानको नामले चिनिन्छ । उनलाई एक समाचार एजेन्सीले यस्तो कपडा किन लगाएको भनेर प्रश्न गर्दा उनले भनेका छन्, ‘यो धेरै कठिन प्रश्न हो । मैले यसबारेमा कहिल्यै गहिरोसँग सोचेको छैन । मलाई लाग्छ कि यो ड्रेस मलाई राम्रो लाग्छ त्यसैले म लगाउँछु । उनलाई धेरैअघि यस्तो पोशाक लगाउँन सबै मानिसले जिस्क्याउथे तर आजकल उनलाई सबैले माया गर्छन ।

Japan 4

उनले यही कपडा लगाएर टोकियोमा मात्रै होइन, चीन, ओसाका र फ्रान्सको समेत यात्रा गरेका छन् । यही पोशाकका कारण हिदेकी चर्चित बनेका छन ।Japan 5

उनलाई अधिकांश युवतीहरुले घेर्ने र सेल्फी खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन् । यसो गर्दागर्दै उनी ग्लोबल फ्यान क्लबमा सामेल भए र पुरै जापानमा एक सेलिब्रेटीको रुपमा उनको चर्चा हुने गरेको छ । Japan 6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?