नेपाल–जापान सम्बन्धको ६० औं वर्षगाँठकाे अवसरमा सिजुओकामा भव्य कार्यक्रम हुदै

Shijuwokaविरेन केसी/सिजुओका । नेपाल–जापान सम्बन्धको ६० औं वर्षगाँठको अवसरमा जापानको सिजुओकामा भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

सिजुओकामा रहेका नेपालीहरुको संस्था नमस्ते नेपाल सिजुओका तथा सान्तारो खागोरा नामक जापानी सांगीतिक समूहकामे संयुक्त आयोजनामा १७ जुलाई आइतबारका साँगीतिक कार्यक्रमको आयोजना गरिन लागेको हो ।

दुई देशबीचको मैत्रिपूर्ण सम्बन्धको दिगोपना, दुई देशबीचको कला संस्कृतिको आदानप्रदानका साथै नेपालमा गत वर्ष गएको विनाशकारी भूकम्पपछि जापान र जापानीहरुले गरेको सहयोग प्रति धन्यावाद ज्ञापन गर्न कार्यक्रम आयोजना गरिएको नमस्ते नेपाल सिजुओका संयोजक नरेश महर्जनले बताए ।

उनले यो कार्यक्रम नेपाल र नेपालीलाई सहयोग गर्ने जापान र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गर्ने तथा देशको कला चिनाउन पाउने महत्वपूर्ण अवसर हुने बताए ।

परराष्ट्र मन्त्रालय जापान तथा जापानस्थित नेपाली दूतावासको सहयोगमा हुन लागेको कार्यक्रममा पन्च लामा तथा उनको समूह चौतारीको विशेष साँगीतिक प्रस्तुती रहने छ भने जापानी परम्परागत नाचको समूह एडो दाइकोगुरा लगायतकोको समेत प्रस्तुति रहनेछ ।

सिजुओकामा रहेको सिमिन बुन्खा खाइखानमा आईतवार दिउसो १ बजे देखि सुरु हुने कार्यक्रममा जापानका लागि कार्यबाहक नेपाली राजदूत गेहेन्द्र राजभण्डारी तथा सिजुओखाका मेयर तानबे नोबुहिरोसमेत सहभागी हुनेछन् ।

नेपालमा भूकम्प गएको बेला सिजुओकाबासीले गरेको सहयोगको कदर स्वरुप यो कार्यक्रममा प्रवेश शुल्क निःशुल्क गरिएको आयोजकले जानकारी दिएको छ ।

मध्यान्ह १२:३० बजे देखि कार्यक्रम हलको प्रवेशद्वार खोलिने जानकारी दिँदै आयोजकले नेपाली पोशाकसहित कार्यक्रममा सहभागी भइदिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?