इमोमा महिलाको लागि विशेष अवसर

imoजापान । महिला व्यवसायीहरुका लागि सामाजिक संजाल इमोमा  विषेश अवसर आउने भएको छ। गुगलले इमोलाई  महिलाहरुको  व्यवसायिकता बढाउन , महिलाहरुको रुची र क्षमताको विविधतालाई मध्य नजर गर्दै करियरलाई समानता दिलाउने  तथा महिला सशक्तिकरणलाई  बढवा दिने उद्धेश्यले  ११ नयाँ विशेषता राख्नका  लागि पहल गरेको हो ।

गुगलले इमोजिको स्टाण्डर्ड क्षेत्रलाई नियन्त्रण गर्ने क्षेत्र युनिकोड कोनसर्टटिजमलाई  महिला व्यवसायी  डाक्टर ,वैज्ञानिक, वेल्डर आदिलाई विशेष सहयोगी प्याकेजको रुपमा उक्त अवसर मे महिनाबाट ल्याउन प्रस्ताव गरेको थियो ।

यस अवसरमा चिकित्सक, वैज्ञानिक, किसान तथा वेल्डर आदि  पुरुष, महिला तथा विभिन्न वर्णका मानिसहरुका लागि लक्षित हुने गुगलले बताएको छ।

जसमा गुगलको उद्धेश्य अनुसार महिला तथा तोकिएका ३० इमोजिजहरु अत्याधुनिक इमो प्रयोगकर्ता बाट छानिने बताएको छ।

नयाँ इमोजिजहरु स्मार्ट फोनमा पनि पाउन सकिने गुगलले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?