जापानमा वर्ल्ड नेवा अर्गनाइजेशन गठन 

 

wnoटोकियो । नेपालबाट कामको सिलसिलामा जापानको फुकुओका क्षेत्रमा बसोबास गरिरहेका नेवारहरुले फुकुओका वर्ल्ड नेवा: अर्गनाइजेशन फुकुओका गठन गरेको छ ।

नव गठित अर्गनाइजेशनले अशोक शाहीको अध्यक्षतामा निर्विरोध १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा विकास प्रधान, कोषाध्यक्षमा पृथ्वी श्रेष्ठ चयन भएका छन् ।Fukuoka 1

नेवार समुदायको संस्कृतिको रक्षा र जगेर्नाको निम्ति गठित अर्गनाइजेसनले नयाँ कार्यसमितिले सल्लाहकारमा सुगम श्रेष्ठ र नितु खड्की लाई मनोनयन गरेको छ भने सचिवमा आशिष खड्की र सह -सचिवमा सजिना रञ्‍जित लाई चयन गरेको छ ।

त्यस्तै अर्गनाइजेसनको सदस्यहरुमा धर्म महर्जन ,समुन्द्र श्रेष्ठ ,अनिल श्रेष्ठ ,अंकित श्रेष्ठ र रवि महर्जन मनोनयन भएका छन् । जापानमा रहँदा नेपालीहरुलाई समस्या पर्दा सामूहिक रुपमा समस्यालाई हल गर्न सजिलो हुने उदेश्यले अर्गनाईजेशन गठन गरिएको जनाईएको छ ।

वर्ल्ड अर्गनाईजेशन जापान, फ़ुकुओकाका प्रतिनिधि राम कृष्ण श्रेष्ठको सक्रियतामा फ़ुकुओका शाखाको गठन भएको हो ।

नेवारी संस्कृतिको सरंक्षण र संवर्द्धन गर्दै विश्वभरी छरिएर  रहेका नेपालीहरुसंग समन्वय गर्दै आफुसंग भएको सीप , ज्ञानको विस्तार गर्दै नेपालमा विपन्न समुदाय र क्षेत्रलाई आवश्यक आर्थिक सहयोग गर्ने उदेश्यले वर्ल्ड नेवा:अर्गनाईजेशन गठन गरिएको अर्गनाईजेशनका अध्यक्ष अशोक शाहीले बताए।Fukuoka 2

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?