टोकियो । जापानका सम्राट अकिहीतोले केहिवर्षमा आफूले राज गद्दी छाड्ने इच्छा व्यक्त गरेका छन् ।
अकिहितोले सन् १९८९ मा आफ्ना पिता हिरोहितोको गद्धी सम्हालेका थिए । रिपार्टका अनुसार ८२ वर्षीय अकिहितोले आफ्नो अधिकारीको कटौती पश्चात पदमा रहिरहन नचाहेको बताएका हुन् ।
उनी केहिवर्ष यता स्वास्थ्य समस्याबाट पीडित रहेका छन् । उनी विगत २७ वर्षदेखि जापानको सम्राटको रुपमा रहेका छन् ।
जापानलाई द्वितीय विश्वयुद्धसँग जोडिएका उग्रराष्ट्रवादबाट टाढा राखेको विषयमा उनको निकै सरहना गर्ने गरिन्छ ।
आधुनिक जापानी इतिहासमा कुनै सम्राटले राजगद्दी छोड्ने घोषणा गर्ने उनी पहिला सम्राट हुन । उनको राजगद्दी ५६ वर्षीय जेठा छोरा नारुहितोले सम्हाल्ने छन ।
अकिहितोले गद्दित्याग गरी नारुहितो नयाँ राजा बनेमा जापानमा पछिल्ला दुई सय वर्षमा कुनै सम्राट जीवित हुँदाहुँदै राजकुमारको राज्यअभिषेक हुनेछ ।