जापान । जनवरी १ देखिको आंकडालाई हेर्दा जापानमा बस्ने जापानीहरुको संख्यामा ०.२२ प्रतिशतका दरले कमि आएको देखिएको छ ।
जापानको सरकारले गरेको सर्वेक्षण बुधवार सार्वजनिक गर्दै जापानको कुल जनसंख्या १२५,८९१,७४२ मध्य २,७१,८३४ संख्या कम भएको देखिएको हो ।
जापान सरकारको मन्त्रालयले गरेको सर्वे अनुसार राष्ट्रिय जनसंख्या मापन केन्द्रको आंकडा अनुसार जापानको धेरै क्षेत्रहरुमा जनसंख्यामा कमि देखिएको छ ।
पछिल्लो पाँच वर्षमा टोकियोमा भने मर्नेहरुको संख्या भन्दा जन्मिएकाहरुको संख्या बढी देखिएको छ ।
जापानमा मर्नेहरुको संख्या १२९६१४४ का दरले तीन वर्षमा बढेको देखाएको छ भने जन्मदर दुई वर्षमा बढेर १,०१०,०४६ पुगेको देखिएको छ तर त्यो मृत्युदर भन्दा कम भएको आंकडाले जनाएको छ।