नयाँ गभर्नरका लागि टोकियोमा निर्वाचन हुने, युरिको कोईके र रेन्होको नाम चर्चामा

masuzoe
राजीनामा दिएका भूतपूर्व गभर्नर मासुजोए

टोकियो ।टोकियोको स्थानीय सरकारले रिक्त रहेको गभर्नर पदका लागि निर्वाचनको मिति सार्वजनिक गरेको छ ।

युची मासुजोए सरकारी सम्पत्ति दुरुपयोग गरेको प्रकरणमा विवादित बनेपछि जुन १५ मा राजिनामा दिएका हुन्।

मासुजोएको राजीनामा बुधवार नै टोकियोको महानगरीय सरकारले स्वीकृत गरेको थियो ।

नयाँ गभर्नरको लागि जुलाई ३१ मा निर्वाचन गर्ने टोकियोको स्थानीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनको गठबन्धन बनाउनको लागि जुलाई १४ देखि समय सिमा सुरु हुने जनाईएको छ ।

सो पदका लागि दुई उच्च महिला पदाधिकारीहरुको नाम चर्चामा रहेको जानकारी दिईएको छ ।

पहिलो सिन्जु आवे नेतृत्वको पार्टी लिवरल डेमोक्रेटिक पार्टीकि अधिवक्ता युरिको कोईके हुन्  भने दोस्रो प्रमुख प्रतिपक्ष डेमोक्रेटिक पार्टीकि अधिवक्ता रेन्हो हुन् ।

दुवै जना संग पहिले संसदमा काम गरिसकेको अनुभव रहेको छ ।

गभर्नर पदका लागि सक्षम व्यक्तिले निर्वाचनको अन्तिम मिनेटमा पनि आफ्नो उमेद्वारी दिन सक्ने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले गभर्नरको राजीनामा स्वीकृत भएको मितिले ५० दिन भित्र स्थानीय सरकारले गभर्नरको पदका लागि निर्वाचन गर्ने सूचना प्रकाशित गरेको थियो ।

राजीनामा दिएका पूर्व गभर्नर मासुजोएले सरकारी खर्चमा विदेश भ्रमण र ठुला होटलहरुमा खरिद गरिएको विभिन्न कला आकृति र बसोबासको क्रममा आफ्नो व्यक्तिगत चाहना पुरा गर्न अनावश्यक रुपमा सरकारी बजेट प्रयोग गरेको भन्दै विवादित बनेपछि राजीनामा दिएका थिए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?