जापानी प्रधानमन्त्रीद्वारा समर्थित गभर्नरद्वारा राजिनामा, ओलम्पिक खेललाई असर पर्न सक्ने

Yoichi Masuzoeटोकियो ।टोकियोका गभर्नर युची मासुजोएले वुधवार आफ्नो राजीनामा पेश गरेका छन् । उनको राजीनामा अहिले सम्म स्वीकृत भने भैनसकेको टोकियोका अधिकारीहरुले जनाएका छन्।  गभर्नरले स्थानीय अधिवेशनमा अनावश्यक खर्च गरेको र अविश्वसनीय स्थानीय मत प्राप्त गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले जुन २१ गते देखि लागु हुने गरि राजीनामा दिएका हुन्।

टोकियोको अधिवेशनलाई ६७ वर्षीय  मासुजोएले राजीनामा दिनुको कारण बारे बताएको टोकियो महानगरीय सरकारका प्रवक्ताले  बताएका छन्।

“हामीलाई  जुन २१ तारिक देखि लागु हुने गभर्नरले आफुले राजीनामा दिएको बताएका छन् “, प्रवक्ताले बताए । नयाँ स्थानीय सरकारका लागि छिटोभन्दा छिटो आउँदो महिना भित्र निर्वाचन गरिने समेत प्रवक्ताको भनाई रहेको छ ।

यस संगै टोकियोमा सन् २०२० मा ओलम्पिक खेल आयोजना गर्न लागेको अवस्थामा मासुजोएको राजीनामाले ओलम्पिक खेललाई असर पर्न सक्ने अड्कलबाजीहरु सुरु भएका छन्।

पछिल्लो समय मासुजोएले सरकारी खर्चमा विदेश भ्रमण र ठुला होटलहरुमा खरिद गरिएको विभिन्न कला आकृति र बसोबासको क्रममा आफ्नो व्यक्तिगत चाहना पुरा गर्न अनावश्यक रुपमा सरकारी बजेट प्रयोग गरेको भन्दै मिडियाले व्यापक आलोचना गरेका थिए ।

तर मिडियाले लगाएको आरोपलाई मासुजोएले इन्कार गर्दै आएका थिए। कुनै वेला लिवरल डेमोक्रेटिक पार्टीले गभर्नरलाई अत्याधिक समर्थन गरेको थियो ।

तर मासुजोएको विवादित छवी र आर्थिक प्रकरण पछि पनि लिवरल डेमोक्रेटिकले उनलाई समर्थन गरिरहने हो भने संसदको माथिल्लो हाउसको जुलाई १० हुने निर्वाचनमा आफ्नो पार्टीले धक्का खान सक्ने भन्दै आवे नेतृत्वको पार्टीले उनको विरुद्द उभिन पर्ने बहस  पार्टी भित्र चलेको स्थानीय मिडियाले जनाएका थिए ।

त्यस लगत्तै प्रधानमन्त्री सिन्जु आवे नेतृत्वको लिवरल डेमोक्रेटिक पार्टी लगायत टोकियोका अन्य पार्टीहरु समेत मासुजोएको विरुद्दमा एकजुट भए।

टोकीयोका शक्तिशाली पार्टीहरु आफ्नो विरुद्द एकजुट देखेपछी गभर्नरले राजीनामा दिन बाध्य भए ।

टोकियोका मिडियाकर्मीहरुका अनुसार मासुजोएको समस्या अप्रिल महिना बाट देखिन थाल्यो जतिवेला उनले आफ्नो कार्यलयको कारलाई टोकियो दक्षिणी भेगमा व्यक्तिगत भ्रमणको समयमा प्रयोग गरे।

यतिवेला चौतर्फी आलोचनामा घेरिएका मासुजोएलाई स्थानीय वकिलहरुले के सम्म भन्न थालेका  छन् भने मासुजोएलाई अब ओलम्पिक खेलका बारेमा कुरा गर्ने कुनै अधिकार छैन  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?