नेसाज र ईन्जिनियर्स एसोसियसनको संयुक्त एकदिने सिम्पोजियमको तयारी पुरा

टोकियो । नेपाली विद्यार्थी समाज जापान (नेसाज) र नेपाली ईन्जिनियर्स ईन जापान को संयुक्त आयोजनामा टोकियो विश्वबिध्यालयमा  जुन १८ तरिकमा  हुने एकदिने सिम्पोजियमको तयारी पुरा भएको छ।

आयोजक समितिका अनुसार सो कार्यक्रममा नेपालमा गएको भूकम्पबारे लिन पर्ने शिक्षा लगायत १२ वटा विविध विधामा विभिन्न अनुसन्धानकर्ता तथा विद्यार्थीहरुले  विशेष  प्रस्तुती पेश गर्नेछन्  ।

सो कार्यक्रमा प्रमुख अतिथिको रुपमा दुतावासका कार्यबहाक राजदुत गेहेन्द्र राजभण्डारी तथा अतिथिको रुपमा  एनआरएनका अध्यक्ष सुदन थापाको उपस्थिति जनाउनेछन् ।

त्यस सम्बन्धी विस्तृत विवरण नेसाजको  वेभसाइटमा  हेर्न सकिने आयोजकले जनाएको छ ।

नेसाजले निशुल्क कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था गरेको छ भने कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सम्पूर्ण नेपालीहरुलाई सहभागिताको लागि अनुरोध समेत गरेको छ  ।

कार्यक्रम हुने स्थान, मिति र समय
स्थान : टोकियो विश्वविद्यालय, ईन्स्टिच्युट अफ ईन्डस्ट्रियल साईन्स को रिसर्च भवन “An Block” मा कोठा नं ४०१/४०२

समय : १० बजे

सम्पर्क : 080-9032-1717 अथवा 090-6650-5562

नोटः कार्यक्रम स्थलमा प्रबेशका लागी विश्वविद्यालयमा पास चाहिने हुँदा सम्पुर्ण सहभागीहरुलाई १० बजे अगावै आईपुग्नुहुन अनुरोध गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?