ढिंडो र गुन्द्रक खान आएका जापानीले डिगाउँको तिर्सना मेटाए (फोटो फिचर)

नुवाकोट । नेपाली ढिंडो र गुन्द्रक खान आएको जापानीहरुले  नुवाकोट जिल्लाको फिकुरी गाबिस डिगाउँका ५५ घर धुरीलाई पुग्ने  खानेपानी योजना निर्माण गरिदिएका छन् ।

digaun-japan-help (15)

पानी खान धौधौ परेका बेला जापानमा रहेको नेपाली रेष्टुरेन्ट पुर्जा डाईनिङको प्रोप्राईटर छक्कु उदासीको सक्रियतामा जुटेको रकमले खानेपानी परियोजना सम्पन्न भएको हो  ।

पछिल्लो वर्ष गएको विनाशकारी भूकम्पले नुवाकोटमा पानीका मुहानहरु  सुके पछि डिगाउँमा पानीको हाहाकार मच्चिएको थियो ।

digaun-japan-help (9)

जापानवासी व्यावसायीको सक्रियतामा खानेपानीको सुविधा प्राप्त भए पछि भूकम्पले दिएको दुख केहि हदसम्म  मेटिएको भन्दै गाउँलेहरुले खुसि व्यक्त गरेका छन्  ।

digaun-japan-help (14)

खानेपानी परियोजनाको दिर्घकालिन संरक्षण र प्रवद्दन गर्नका लागि स्थानीय छत्र बहादुर लामाको संयोजकत्वमा संरक्षण समिति गठन भएको स्थानीयले बताएका छन् ।

digaun-japan-help (11)

त्यस्तै गरि भैपरी आउँदा खानेपानी समितिलाई  सहयोग गर्ने गरि  नुनप्रसाद सोमै मगर, कबिराज गिरी, रमेश गिरीलाई समेत समितिमा राखिएको छ ।

भूकम्पपीड़ित जनताको सेवाको निम्ति  डिगाउँ राहत कोष समेत गठन भएको थियो । गाउँलेहरुको लागि राहतकोषमा  जापानी नागरिक यामाकी युकियो र जापानवासी नेपाली उद्यमी उदासीले रकम  सहयोग गरेका थिए।

digaun-japan-help (13)

यही जुन महिनाको ४ तारिक शनिवार जापानी नागरिक यामाकी युकियो र नेपाली रेष्टुरेन्ट पुर्जा डाईनिङका प्रोप्राईटर छक्कु उदासीले ३ वटा धाराहरुको उद्घाटन गरेका हुन् ।

digaun-japan-help (2)

त्यस्तै खानेपानी योजना निर्माण पछि बचेको रकम द्वन्द र भुकम्प पिडीत बालबालीकाहरुको सहयोगको लागि “एकीकृत सिर्जनशील समाज नेपाल” की संचालिका जुनु पुनलाई नगद  २० हजार हस्तान्तरण गरिएको थियो ।

digaun-japan-help (1)

digaun-japan-help (5)

digaun-japan-help (3)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?