क्यान्सर पीडित शिक्षकलाई अर्याल समाज जापानको सहयोग

help-for-Bhandari-japanटोकियो। क्यान्सर रोग बाट ग्रसित बनेका राम प्रसाद भण्डारीको उपचारको लागि जापानमा आर्थिक सहयोग जुटाईएको छ ।
गुल्मी आँपचौर- ६ अमलाबोटका बासिन्दा भण्डारीलाई अर्याल समाज जापानले ३ लाख १२ हजार ४ सय ४५ रुपैंया उपचारको लागि सहयोग गरेका हुन् ।
अर्याल समाज जापानका अध्यक्ष चेतन अर्याल र महासचिव भानु अर्यालले सो रकम आजै नेपालमा पठाईएको हो।
नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लको रोहवरमा समाजले सो रकम रेमिट्यान्स गरि पिडित भण्डारीलाई पठाएको हो।

क्यान्सर पीडित भण्डारी पूर्व शिक्षक समेत हुन् । उनको पहिलो चरणको उपचार भईसकेको छ भने दोस्रो चरणको उपचारको लागि उनलाई हिजो मात्र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल लगिएको छ।

भण्डारीको उपचारको लागि आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरुलाई पीडित भण्डारी तथा समाजका अध्यक्ष अर्यालले धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?