जापानमा माओवादीहरु जुट्दै, जुन १२ मा वृहत भेलाको आयोजना

टोकियो । तत्कालिन एनेकपा माओवादीको जापान स्थित भातृ संगठन नेपाली जनप्रगतिशील मोर्चा जापानले आगामी जुन १२ तारिख आइतबारको दिन मोर्चा समर्थकहरुको एक बृहत भेला तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।

टोकियोको केन्द्र भागमा रहेको योयोगी पार्कमा आयोजना गरिएको सो भेलामा पछिल्लो समयमा जापानमा आएका आफ़्ना समर्थक तथा शुभचिन्तकहरुको बीच भेटघाट तथा परिचयात्मक कार्यक्रम गरिनुका साथै संस्थाको बारेमा जानकारी दिईने कार्यक्रम रहेको बताईएको छ ।

नेपालमा एनेकपा माओवादी सहित बिभिन्न माओवादी घटकहरुको बीचमा भएको एकता पछि उत्साहित बनेका समर्थकहरुको बीचमा हुने भेलामा पछिल्लो परिस्थितिमा जापानको संगठन चुस्त र सकृय बनाउने बिषयमा छलफ़ल हुने पनि आयोजकले बताएका छन ।

निकट भबिष्यमै हुन गईरहेको मोर्चाको केन्द्रिय अधिबेशनको तयारी स्वरुप पनि उक्त भेलाको आयोजना गरिएको भेला संयोजक तथा मोर्चाका उपाध्यक्ष रामहरी पुडासैनीले बताए । सो भेलामा सम्पूर्ण मोर्चा समर्थकहरुलाई उपस्थित हुन पनि आयोजकले अपिल गरेको छ ।

image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?