जापानमा बस्ने नेपालीले जापानीलाई भन्न नहुने ५ कुरा

Angry-japanese-girl

टोकियो । विदेशमा रहदा उक्त देशको भाषा संस्कृति र मानवीय व्यवहारहरु बुझ्न जरुरी छ । जसलाई बुझ्दा विदेशी भूमिमा बस्न तथा काम गर्न समेत सहज हुन जान्छ ।

जापानमा पछिल्लो समय नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ । जापानीहरुको व्यवहार र उनीहरुको आनिवानी बुझ्न सकियो भने रोजगारी खोजी, वसोबास लगायतका बिषयमा सहज हुने निश्चित छ ।

अत्यन्त मिहिनेती जनताको ख्याति कमाएको जापानका नागरिक केहि कुरामा अत्यन्त खुसी हुने गरेका छन् भने केही कुरामा दु:खी पनि ।

यस्ता केही बिषय छन् जसका कारण जापानीहरु रिसाउने वा दु:खी हुने गर्दछन् ।

नि–हाउ ( चिनियाँ अभिवादन)

जापानीहरु बिशेषत भेटघाटका समयमा प्रयोग गरिने शव्दमा गम्भिर बन्ने गरेका छन् । शिष्टाचारको रुपमा प्रयोग गरिने यस्ता शव्दहरुमा नि–हाउको प्रयोगलाई त्यति सहज रुपमा जापानीले स्विकार गर्दैनन् । जुन चिनियाँ भाषा अन्तर्गत पर्दछ । त्यसको सट्टा कोन्निचिवाको प्रयोग राम्रो मान्दछन् ।

तपाई कोरियन जस्तो देखिनु हुन्छ ?

तपाई भरखर जापान प्रवेश गर्नु भएको छ भने तपाइलाई जापानी, कोरियन र चिनिया मानिसहरुको अनुहारको बनावट छुट्याउन मुस्किल पर्न सक्छ ।

जापानमा चिनियाँ र कोरियनहरुको बाक्लो उपस्थिति रहेको छ । यदि तपाईले जापानी नागरिकलाई तपाई कोरियन जस्तो देखिनु हुन्छ भन्नु भयो भने उनीहरुले त्यसलाई गतल रुपमा हर्ने छन् ।

तपाई जापानी, हैन त ?

जापानको एक क्षेत्र ओकिनावामा रहँदा विशेष ध्यान दिनु पर्ने त्यस क्षेत्रमा बसोबास गर्ने गैर जापानीहरुको अनुभव रेहको छ । ओकिनावा जापानको एक क्षेत्र भएपनि उनीहरुले जापानी भन्दा ओकिनावानको रुपमा आफूलाई प्रस्तुत गर्नै गरेका छन् ।

ओकिनावामा रहदा रैथाने ओकिनावानलाई तपाई जापानी हैन त ? भनि प्रश्नगर्दा उनीहरुको अनुहारको स्वरुपमा परिवर्तन आउने गर्दछ । उनीहरु आफूलाई जापानी भन्दा पनि ओकिनावानी भनेको रुचाउने गर्दछन् ।

विवादास्पद बिषय बारेको प्रश्न

जापानीहरु आफ्नो कामलाई बढी प्राथमिकतामा राख्ने गर्दछन्, न कि अन्य राजनीतिक या अन्य विषय । राज्यसँग जोडिएका विवादित विषयमा जापानीहरुसँग वहस गर्नु भनेको मुर्खता हुन जान्छ ।

विषय बारे जानकार भएपनि समान्यतया जापानीहरु त्यस्ता बिषयमा मौन वस्न रुचाउछन् । जस्तो तपाई यासुकुनी क्षेत्रबारे मत सोध्नु भयो भने उनीहरु रिसाउने गर्दछ । यासुकुनी क्षेत्रमा जापान, चीन र कोरियाबीच विवाद रहदै आएको छ ।

जापानमा किन राजतन्त्र ?

विदेशी मुलुकबाट जापान जानेहरु धेरैलाई अनौठो लाग्ने बिषय त्यहाँको राजतन्त्र पनि हो । विश्वका धेरै देशबाट राजतन्त्र हटिसकेको अवस्थामा जापानमा भने पारिवारिक व्यवस्थाबाट शाषित हुदै आएका छन् ।

कुनै समय राजतन्त्रको विरोधमा आवाज उठेको भएपनि अधिकांश जापानीहरुले त्यँहाको राजसंस्थालाई विशेष सम्मान गर्दै आएका छन् । तपाईले जापानको राजसंस्था विरुद्ध कुनै अभिव्यक्ति, युवराज्ञी र युवराज लगायतका कुरा काट्नुभयो भने जापानीले त्यसलाई नकारात्मक रुपले लिने गरेका छन् ।

त्यस्तै जापानीहरु उनीहरुका धर्मका विषयमा कुनै प्रश्न गरिरहँदा कहाँ किन, कहिलेको बारम्बार प्रयोगलाई पनि त्यति समान्य रुपमा लिदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?