स्याङ्जा समाजले यसरी गर्दैछ जापानका तीन सहरमा तिज धमाका

syanja-samaj-japanटोकियो।स्याङ्जा समाज जापानले आफ्नो वार्षिकोत्सव कार्यक्रम संगै यस वर्ष पनि  महिलाहरुको महान चाड हरितालिक तिजको अवसरमा भव्य कार्यक्रम आयोजना गरेको छ ।

नेपालका चर्चित कलाकारहरुको सहभागितामा समाजले जापानको टोकियो, फुकुओका र नागोयामा लगायत सहरहरुमा सो कार्यक्रम आयोजना गर्न लागेको हो ।

अपांगहरूको लागि भवन निर्माण तथा स्वास्थ्य सामाग्री वितरण गर्नको लागि अर्जुन हमाल र अमृता बस्नेतको संयोजकत्वमा २३ सदस्य कार्यसमीति गठन भएको छ ।

सो समितिमा प्रदिप शेन, अर्मान गुरूङ्ग, पोशाक न्यौपाने, सजीव गुरूङ्ग, दिपक न्यौपाने, विश्व अधिकारी, विक्रम अर्याल, सुर्य कार्की, भक्त खत्री, सिर्जना हमाल, विन्दु शेन, अनु भन्डारी, जिवन आर्याल, गीता न्यौपाने, सावित्री पौडेल, सविता कुँवर, सुशीला क्षेत्री, कल्पना जी सी, सिर्जना चापांगाई , सम्झना श्रेष्ठ, रिता रेग्मी रहेका छन् ।

कार्यक्रम टोकियोमा ४ तारिक, फुकुओका ३ तारिक र नागोयाको बारेमा छिट्टै जानकारी गराइने जानकारी गराइएको छ ।

टोकियो र फुकुओकामा आयोजना हुने कार्यक्रमको जानकारी क्रमश ४ र ३ तारिकमा दिईने र नागोयामा हुने कार्यक्रमको जानकारी छिट्टै दिईने आयोजकले जनाएको छ ।

त्यस्तै समाजका अध्यक्ष जिवन न्यौपानेले पछिल्ला वर्षहरुमा जस्तै जापानमा रहेका अन्य संस्थाहरुले समाजले आयोजना गरेको कार्यक्रमको मितिमा अन्य कार्यक्रम आयोजना नगरी समन्वय गरिदिन अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा उपस्थिति जनाएर सहयोग गरिदिन जापानमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्याङ्जा समाज जापानले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?