जापानको अस्पतालमा मृत्युसँग जुध्दै भिमाकुमारी, आर्थिक सहयोगका लागि अनुरोध

टोकियो । विद्यार्थीका रुपमा जापान आएकी एक युवती मुटुमा समस्या देखिएपछि अस्पतालमा आपतकालीन भर्ना भएकी छिन् ।

bhimkumari

ओखलढुङ्गा पोखरे–७ की भिमाकुमारी श्रेष्ठको मुटुमा समस्या देखिएपछि नेरिमास्थित हिकारीगाओका अस्पतालमा भर्ना भएकी छिन् ।

सन् २०१४ को अप्रिल सेसनमा अध्ययनका लागि जापान आएकी श्रेष्ठ भाषा कलेजको अध्ययन पुरा गरेपछि भोकेसलन कलेजमा अध्ययनरत थिइन् ।

विगत एक वर्ष देखि मुटुमा समस्या देखिएपछि उनी उपचाररत थिइन् । पछिल्लो समय भने उनको मुटुको भल्वमा समस्या देखापरेपछि अपस्ताल भर्ना भएकी थिइन् ।

उनको मुटुको भल्भले काम गर्न छाडिसकेकाले अबको एक महिना भित्र भल्भ फेर्नुपर्ने अस्पतालले जनाएको छ । उनको मुटुको भल्भ तेस्रो स्टेजमा पुगिसकेको अस्पतालले जनाएको छ ।

उनको मुटुकाु भल्भ फेर्नका लागि करिब १५ लाख अर्थात १५० मान जापानी ऐन लाग्ने अस्पतालले जनाएको छ । यती धेरै उपचार खर्च लाग्ने भएपछि श्रेष्ठले जापानमा रहेका नेपाली समुदायसँग आफ्नो जीवन रक्षाका लागि सहयोगको अपिल गरेकी छिन् ।

एक वर्षसम्म लगातारको उपचारका क्रममा पनि आफ्नो रोग यती खतरनाक भएको पत्ता लाग्न नसकेको र अन्तिममा हिकारीगाओका अस्पतालले मुटुको भल्भले काम गर्न छोडे बताएपछि उनी बेचैन बनेकी छिन् ।

अस्पतालको शैयामा मृत्युसँग जुधीरहेकी श्रेष्ठले नयाँ जीवनका लागि याचना गरेकी हुन् । २३ वर्षिया श्रेष्ठले आफु यतीधेरै खर्च गर्नसक्ने हैसियतको नभएकाले जीवन बचाइदिन अनुनय गरेकी छिन् ।

उनको उपचारका लागि सहयोग गर्न इच्छुकले हुलाक खाता नंम्वर १७४९०–६०९८९०११ मा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको श्रेष्ठले जानकारी दिएकी छिन् ।

साथै ०७०–४६९१–९८४९ मा सम्पर्क गरी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन समेत सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?