टोकियोमा हाईजिमा यूवा क्लवले विशेष कार्यक्रम गर्ने, आयोजकले गर्यो यस्तो अनुरोध

bbqटोकियो।जापानको हाईजिमा यूवा क्लवले प्रत्येक वर्ष फुटबल प्रतियोगिताका साथै BBQ पनि आयोजना गर्दै आईरहेको छ ।

गत वर्ष टोकियोको ओकुतामा आयोजना गरिएको BBQ जस्तै यस पटक पनि हैजिमा यूवा क्लवले हाईजिमाको रिभर साईडमा नै कार्यक्रमको आयोजना गरेको हुँदा टोकियोमा हुने सबै नेपालीहरुलाई अग्रिम निमन्त्रणा व्यक्त गरेको छ ।

गतवर्षको भन्दा यस वर्षको कार्यक्रम पृथक हुने कार्यक्रम आयोजकले बताएका छन् ।

कार्यक्रममा यूवाहरुले गितार, मादल लगायतका म्युजिकल बाजागाजा सहित सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्ने जनाएका छन् ।

वार्षिक रुपमा गरिने यो कार्यक्रम यस वर्ष भने जुलाई महिनाको १० तारिख आईतवार १० बजे देखि ५ बजे सम्म सम्पन्न हुनेछ ।

यो कार्यक्रममा युवाहरुको विशेष सहभागिता हुने हुँदा कार्यक्रम तय भएको मितिमा अन्य कार्यक्रमको आयोजना नगरिदिन हाईजिमा यूवा क्लवका अध्यक्ष अखिल लामा र  कोषाध्यक्ष  राकेश रुम्बाले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?