जापानका व्यवसायी थापाले ६५ अपाङ्गलाई खाना खुवाएर मनाए जन्म दिन (फोटो फिचर)

काठमाडौं।मानिसलाई समाजले एउटा नाम दिएको हुन्छ त्यहि नामको स्वाभिमानको निम्ति बाँचिन्जेल मानिस समाजमा संघर्षरत हुन्छ ।

समाजमा केहि मानिस गुमनाम सरह हुन्छन् भने केहि समाजको निम्ति केहि योगदान गरेर बाँचिरहेका हुन्छन् । जीवन सबैको हुन्छ तर जीवनका खुसियालीहरु बाँडेर समाजमा सामुहिक जीवन जिउने मानिसहरु कमै मात्र भेटिन्छन् ।

त्यस्तै मानिसहरु मध्य एक जना सामाजिक अभियन्ता हुन् नरबहादुर थापा । थापाले आफ्नो जन्मदिनको अवसरमा जोरपाटी स्थित अपांग पुनर्स्थापना केन्द्रमा रहेका ६५ जना  असाहाय बालबालिकाहरुलाई एक छाक खान खुवाएर प्रशंसनीय काम गरेका छन् ।

Narbahadur-thapa-help-for-children (3)

जन्मदिनमा आफ्ना आमा बुवालाई सम्झंदै उनी भन्छन्,“जन्म दिनको अवसरमा आफुले भ्याएसम्म समाज सेवा गर्न सकियोस र समाजका दुखि असाहयहरुलाई सहयोग गर्न पाईयोस भन्ने मेरो मेरो चाहना हो । सामाजमा सहयोग गर्ने प्रेरणा दिने आमा बुवा तथा सहयोगीहरु प्रति आभारी छु । ”

Narbahadur-thapa-help-for-children (4)

थापा गल्कोट समाज जापानका उपाध्यक्ष साथै गैर आवासीय नेपाल संघका सल्लाहकारको  रुपमा सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

Narbahadur-thapa-help-for-children (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?