नेपाल आदिवासी जनजाती महासंघ द्वारा २५६० औं वुद्द जयन्ती सम्पन्न

Buddha-birthday-Japanमहामानव गौतम बुद्धको जन्मस्थल बारे जथाभावी फैलाईएका भ्रमहरु चिर्न नेपाल लगायत विदेशी भुमिमा क्रियाशील नेपाली समुदायले टोकियोको निप्पोनम्यो होउजीमा गुम्बामा विशेष पुजाआजा गरि भगवान गौतम बुद्दलाई सम्झेर विश्व शान्तिको कामना गरेका छन्।

सो कार्यक्रम हवल चन्द्र लामाको संयोजकत्वमा संचालन भएको थियो ।

बुद्द जयन्तिको अवसरमा स्वागत मन्तव्य दिंदै लामाले शान्तिको लागि प्रवासी नेपालीहरुको एकता र एक अर्का प्रति सद्भावको भावनाको आवश्यकता रहेको बताएका छन्।

निप्पोनम्यो होउजीमा गुम्बाकि नेपाली आनी (रमा खड्का)ले सैयौं भक्तजनहरुको उपस्थितिमा विश्वशान्तिको कामना गर्दै विशेष पुजा आरधाना गरेकी थिईन्।

पुजा गरे लगत्तै वुद्द जयन्तिको अवसरमा भेला भएका भक्तजनहरुलाई सम्बोधन गर्दै भनिन्, “जापानमा रहेका नेपालीहरु संग उपस्थित भएर वुद्द जयन्ती मनाउँदा आफुलाई अत्यन्त खुसि लागेको छ ।जापानमा विभिन्न संस्कृति र परम्पराहरु छन् राम्रा कुराहरु नेपालीहरुले जापानीहरु संग पनि सिक्नुपर्छ । “

वुद्द जयन्ती मनाउन आएका जापानवासी नेपालीहरुले आनीलाई खादा ओढाएर स्वागत गरेका थिए भने आदिवासी जनजाती महासंघ जापानको लागि आनीले मायाको चिनो स्वरूप वुद्दको मुर्ती उपहार प्रदान गरेकी थिईन् ।

सो कार्यक्रममा महामानव गौतम बुद्दलाई सम्झदै आदिवासी जनजाती महासंघका अघ्यक्ष पासाङ शेर्पाले आजको युगमामा पनि वुद्दको सन्देश,वाणी र दर्शन अपरिहार्य रहेको भन्दै सम्पूर्ण नेपालीले वुद्दको बारेमा अझै प्रचार गर्नुपर्ने धारणा राखेका थिए ।

वुद्द जयन्ती कार्यक्रमको प्रायोजन गरेका पदम गुरुङले कार्यक्रममा उपस्थित जनाउने सवैलाई धन्यवाद व्यक्त गरेका थिए ।

सो कार्यक्रममा एन आर एन जापानका सचिव वुद्दीराज घिमीरे, सल्लाहाकार शरद गौचन, आईसिसि अध्यक्ष ओम गुरुङ तथा सैयौं जापानी र नेपालीहरुको  उपस्थित रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?