अान्दाेलन गर्न अाङ्काजीका नाममा दुर्इ लाख अायाे

sanghiya-samaj-japanजापान।संघीय समाज जापानले आन्दोलनका लागि दुई लाख सहयोग रकम पठायो । संघीय समाजबादी फोरमको प्रवास संघठन संघीय समाज जापानले विभिन्न शिर्षकमा पार्टीलाई सहयोग गरेको छ ।

समाजले पार्टी कार्यलय भाडा र अफीस खर्चका लागि एक लाख ५० हजार र समाजका अध्यक्षले आन्दोलन खर्चका लागि व्यक्तिगत तर्फबाट २५००० सहयोग गरेको जनाईएको छ ।

त्यस्तै क्यालेण्डर प्रकाशनको लागी पनि २५ हजार रकम सहित कुल २ लाख रकम संघीय समाजवादी पार्टीलाई सहयोग गरिएको संघीय समाज जापानका अध्यक्ष पेम्वा शेर्पाले बताएका छन् ।

समाजका अध्यक्ष पेम्वाका अनुसार सो रकम संघिय समाजबादी फोरमका विदेश विभाग प्रमुख आङकाजी शेर्पालाई पठाईएको हो।

सो रकम आङकाजी शेर्पा मार्फत पार्टीलाई हस्तान्तरण गरिने संघीय समाज जापानका अध्यक्ष पेम्वा शेर्पाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?