जापानी राजारानी भूकम्प प्रभावित क्षेत्रकाे अवलाेकनमा

Japani kingटाेकियाे । जापानका राजा रानीले कुमामोतो क्षेत्रमा पछिल्लो समय भूकम्पले प्रभावित गरेका आवास तथा घरहरुको निरीक्षण तथा भ्रमण गरेका छन् ।

भूकम्प प्रभावित कुमामोतो क्षेत्रको वर्तमान अवस्था वारे बुझ्न राजा रानी द्वय कुमामोतो विमानस्थलमा आज अपरान्ह आईपुगेका हुन् ।

भूकम्पका कारण घरवारविहिन भएर सेल्टरमा बसिरहेका मिनामी आसो र मासिकीका जनतालाई हौसला र सहयोग प्रदान गर्न राजा रानी द्वारा सामुहिक भेट समेत गरिएको जनाईएको छ ।

कुमामोतो क्षेत्रमा अप्रिलमा गएको दुईवटा भूकम्पका कारण अझै पनि १०००० जनता सेल्टरमा बस्न बाध्य छन् ।

अप्रिल महिनामा पहिलो पटक ६.५ रेक्टर स्केल र दोस्रो पटक गएको ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो। सो भूकम्पका कारण ४५०० भन्दा बढी घर तथा आवासीय क्षेत्र भत्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?