नागोयामा स्याङ्जा समाज जापानको क्षेत्रीय कमिटी गठन हुँदै

Syangja_samaj_logoनागोया । स्याङ्जा समाज जापानको नागोया क्षेत्रीय कमिटी मे २२ तारिख आइतबार गठन हुने भएको छ ।

स्थापनाकाल देखि सामाजिक कार्यमा सक्रिय रहदै आएको समाजले केही महिना अघि क्षेत्रीय कमिटी क्यूसु (फुकुओका) गठन गरेको थियो ।

समाजले आईतबार नागोयामा क्षेत्रीय कमिटी गठन गर्ने कार्यक्रम तय गरेको हो ।

साथै सो अधिवेशनका लागि केन्द्रिय अध्यक्ष, सल्लाहकार तथा समाजका सक्रिय सदस्यहरुको उपस्थित रहने हुँदा स्याङ्जाबाट नागोयामा आइ बसोबास गर्नुहुने विद्यार्थी, व्यवसायी तथा तथा स्याङ्जावासीहरु उपस्थिती जनाइ मातृभुमिप्रतिको मायालाई जगाइ सहयोग गर्न समाजले अनुरोध गरेको छ ।

कार्यक्रमबारे थप जानकारी
स्थान:नेपाल एसियन किचन माछापुच्छ्रे
सम्पर्क व्यक्तिहरु:
निशान राना ०८०-४५३१-०३९३
चिरन्जिबी सिग्देल ०९०-२९२३-७४०४
बिकाश राना ०९०-४४४३-७३०८
सम राना ०८०-३६५१-४६७९
ठेगाना: नागोया शि नाकागावा कु कोउसु दोरी ३-३६ (खानायामा स्टेसनबाट चिखातेचु लाईनबाट रोकुबान च्यो स्टेसनमा)
समय: दिउँसो २ बजेदेखि ५ बजेसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?