नेपाल जापान विधार्थी समाजको वार्षिक उत्सवको तयारी तिव्र, कार्यक्रम विशेष हुने आयोजकको दाबी

Nepal-japan-student-samajजापान ।  नेपाल जापान विधार्थी समाजको प्रथम वार्षिक उत्सवको तयारी तिब्र बनेको छ । यही मे २९ तारिख आइतवार हुने ‘ प्रथम वार्षिक उत्सव तथा विशेष सास्कृतिक महोत्सव २०१६ ‘ को तयारीमा व्यस्त रहेको नेपाल जापान विधार्थी समाजका केन्द्रिय अध्यक्ष सन्तोष चोखालले बताएका छन् ।

कार्य्रक्रम बिलकुल फरक खालको हुने र त्यसै अनुसारको तयारी भैरहेको कार्यक्रम संयोजक तथा महासचिव चेतन पौडेलले कार्यक्रम विल्कुल फरक खालको हुने र त्यसै अनुसारको तयारी भैरहेको जानकारी दिएका छन् ।

सो वार्षिक उत्सवको दिन ‘ विधार्थी डायरी ‘ नामक पुस्तक र गोजि पात्रो विमोचनसंगै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती हुने आयोजकले जनाएको छ ।

शिनोकुबोको टोक्यो रोधी क्लवमा बिहान ११ बजेबाट सुरु हुने कार्य्रक्रममा स्थानिय कलाकारहरु क्रमश गायक सूर्य खड़का, हाँस्य कलाकार कुमार श्रेष्ठ ‘फर्सीलाल’, गायक रामकृष्ण वममल्ल, गायक बिनोद भण्डारी, गायक युवराज आचार्य, गायक समुंद्रराज पौडेल, हाँस्य कलाकार प्रदीप कार्की, गायक केशब शर्मा,  नृत्यकार दिव्या नेपाल,  नृत्यकार संगीता क्षेत्री, प्रियंका चोखाल, सनम शाही, गायक दीपेश श्रेस्ठ , पूर्णसिंह तामांग़को बेजोड प्रस्तुति हुने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिने कार्यक्रम संयोजक पौडेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?