अगस्ट १४ तारिखमा जापानमा समर वर्विक्यु अयोजना गरिने

BBQटोकियो । जापानमा आगामी अगस्ट १४ तारिखमा भव्य रुपमा समर वर्विक्यु हुने भएको छ ।

आइतबार जापानको टोकियोमा बसेको पर्वत समाज जापानको बैठकले आगामी अगस्ट १४ तारिखमा बलेवा समाज जापानसँग मिलेर संयुक्त रुपमा वर्विक्यु आयोजना गर्ने निर्णय गरेको हो ।

कार्यक्रम गर्ने स्थानको बारेमा भने टुंगो लागि नसकेको र पछि जानकारी गराउने पर्वत समाज जापानका महासचिव जनक सुवेदीले बताए ।

स्थापनाकाल देखि नै प्रत्येक वर्ष भव्य रुपले वर्विक्यु कार्यक्रम गर्दै आएको पर्वत समाज जापानले यस वर्ष छिमेकी गाउँ बलेवा सेवा समाज जापानसँग सहकार्य गरी कार्यक्रम आयोजना गर्न लागेको हो ।

बिगतका वर्षभन्दा भन्दा भिन्न र फरक तरिकाले तरिकाले वर्विक्यु आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

अगस्ट १४ तारिख बिहान १० बजे देखि साँझ ५ बजे सम्म आयोजना हुने कार्यक्रम सफल पार्नका लागि पर्वत समाज जापान र बलेवा सेवा समाज जापानको संयुक्त टोली खटिएको छ ।

यसपटक संयुक्त रूपमा आयोजना गरिएको वर्विक्युमा सहभागी भइदिनका लागि आयोजकले सम्पूर्ण जापानबासी नेपालीहरुलाई आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?