चितवनकी चेली जापानमा धुम मच्चाउदै

japan-dibyaसन्तोष चोखाल ,जापान

चितवनकी एक चेलीले यतिबेला जापानमा धुम मच्चाउदै छिन । जापान घुम्न आएकी रत्ननगर–१४, चितवन निवासी दिब्या नेपाल जापानमा घुम्न आउँदा यतिबेला विभिन्न कार्यक्रममा नृत्य गर्नमा व्यस्त छिन ।

जापानको विभिन्न सामाजिक कार्यमा सक्रिय दिपकबाबु नेपाल र लक्ष्मी नेपालकी सुपुत्री हुन । चितवनको रत्ननगरमा रहेको ईस्काईराइडार इङ्लिस बोर्डिङ स्कुलामा कक्षा ६ मा अध्ययनरत दिब्याले आफुले नृत्य स्कुलबाट सिक्न सुरु गरेको बताईन ।

यती सानो उमेरमै यती राम्रो नृत्य गर्ने गरेको रत्ननगर डान्स एकेडेमिका प्रशिक्षक सुरेन्द्र भण्डारीले बताए । यती बेला जापानमामा घुम्न आएकी दिब्या छोटो समयमै आफ्नो परिचय स्थापित गर्न सफल भयकी छिन ।

जापानका विभिन्न कार्यक्रममा सम्मानित समेत भैसकेकी दिब्या नेपाल सन्देश डट कमले आयोजना गरेको म्युजिक मेलाबाट आफ्नो नृत्य यात्रा सुरु गरेकी हुन भने सो कार्य्रक्रममा पहिलो सम्मान समेत प्राप्त गरेकी हुन ।

म्युजिक मेलाका लागि गायक सुगम पोखरेल, र्यापर निर्णय एनएसके, लोक गायिका सम्झना लामिछाने मगर , नविन पौडेल र सहिमा श्रेष्ठको बेजोड प्रस्तुती रहेको थियो । त्यसैगरी सिद्दार्थ रेमिट जापानको आयोजना भएको नेपाली साझ २०७२ मा पनि उत्कृष्ट नृत्य प्रस्तुत गरेर सम्मनित हुन सफल भइन ।

नेपाली साझ २०७२ मा पप स्टार निमा रूम्बा , मनोज गजुरेल, नायिका ऋचा शर्मा सहित हास्यकलाकारद्धय कुमार कट्टेल र अर्जुन घिमिरे भद्रगोलका जिग्री, पाँडेबुढा लोक गायिका काजल गुरुङको बेजोड़ प्रस्तुति रहेको थियो ।

त्यसैगरी सुर्य कर्पोरेशनको आयोजनामा सम्पन्न साकुरा नाइटमा पनि उत्कृष्ट नृत्य प्रस्तुत गर्दै सम्मनित भएकी हुन । साकुरा नाइट कार्यक्रममा नेपालका चर्चित ख्यातिप्राप्त कलाकारहरू रामकृष्ण ढकाल , गायक हिमाल सागर , गायिका मिलन अमात्य , हास्यकलाकार जितु नेपाल मुन्द्रे , नरेश भट्टराइको उत्कृष्ट प्रस्तुती रहेको थियो ।

जापान आएर आफुले यती राम्रो नृत्य प्रस्तुत गर्छु र सम्मनित हुन्छु भन्ने कल्पना समेत नगरेको दिब्याले बताइन । आफ्नो छोरीलाई अवसर प्रदान गरी सम्मान समेत प्रदान गर्नु भयकोमा दिव्याका बुवा दीपकबाबु नेपालले आयोजकप्रति धन्यवाद व्यक्त गरेका छन् ।

dibya-japan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?