नेपालको हिमाल र लोक संस्कृतिको विषयमा जापानमा विशेष कार्यक्रम (फोटो सहित)

 

japan-mountain-program (1)टोकियो।जापानमा नेपालमा रहेको मनास्लु हिमाल आरोहणको ६० औं वार्षिकोत्सव ३ देखि ८ मे सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ ।

जापानी पर्वतारोहण टोलीले ०९ मे १९५६ को दिन प्रथम पटक सो हिमालको सफलतापूर्व आरोहरण गरेको थियो । नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सवको कार्यक्रमको रुपमा मनाइएको एक हप्ते उक्त कार्यक्रममा मनास्लु डे, हिमाल आरोहण सम्बन्धी फिल्म प्रदर्शनी, नेपाल फ्रेन्डसिप डे, जिम्वोचो नेपाल फेस्टिवल तथा भूकम्पपछिको पूनर्निर्माण सम्बन्धि फोटो प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरिएका थिए।

japan-mountain-program (3)

जापानी युवराज नारुहितो को उपस्थिति रहेको सो कार्यक्रममा  मनास्लु हिमाल आरोहण सम्बन्धी चलचित्रहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा जापानी युवराजले १९८७ मा नेपालको भ्रमण गर्दाका तस्विरहरु समेत प्रदशन गर्दै भ्रमणको सम्झना गराएका थिए  ।

नेपाली राजदूतावास र माईनिची न्युजपेपर द्वारा  ८ मे मा संयुक्त रुपमा आयोजित  Nepal Earthquake Reconstruction Event: Nepal Friendship Day नामक विशेष कार्यक्रममा कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी, नेपालका लागि जापानका राजदूत  मसाही ओगावा (HE Mr. Masashi Ogawa), विश्वको सर्वोच्च शिखर आरोहण गर्ने प्रथम महिला  जुन्को तावेई, पर्वतारोही केन नोगुचु  लगायत ३५० जना विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा वोल्दै कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले नेपाल-जापान द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरुवारे प्रकाश पारेका थिए । नेपालका लागि जापानी राजदूत मसाही ओगावाले विभिन्न तहमा रहेको नेपाल-जापान सम्बन्ध र नेपालको सामाजिक तथा आर्थिक विकासमा जापनले प्रदान गर्दै आएको सहयोग सम्बन्धमा चर्चा गरेका थिए ।

सगरमाथा आरोही प्रथम महिला जुन्को तावेईले विभिन्न समयमा नेपाल भ्रमण गरेको अनुभवहरु व्यक्त गर्नुका साथै ग्लोबल वार्मिंग( global warming)का कारण  हिमालय क्षेत्रमा परेका नकारात्मक प्रभावहरु एवं नेपालको हिमाली क्षेत्रमा सफल तथा जापानमा प्रख्यात Apple Project का सम्बन्धमा जानकारी गराएकी थिईन्  ।

japan-mountain-program (7)

तावेईले जापानी युवाहरुलाई हिमाल चढ्न र नेपाल गई नेपाललाई सहयोग गर्न अनुरोध समेत गरेकी थिईन् । जापानी पर्वतारोही केन नोगुचीले हिमाल सफा गर्ने प्रोजेक्ट ( mountain cleanup project) लगायत सगरमाथा सफाई अभियान सम्बन्धमा आफ्ना विचार व्यक्त गरेका थिए ।

japan-mountain-program (6)

५१ पटक नेपाल भ्रमण गरेका नोगुचीले सो कार्यक्रममा नेपाल भ्रमणका समयमा आफुले सिकेका अनुभवहरु सबै माझ प्रस्तुत गरेका थिए । टोकियोको जिमबोचो भन्ने स्थानमा जिम्बोचो नेपाल फेस्टिवलको आयोजना गरिएको थियो।सो कार्यक्रममा  नेपाली पन्चेबाजा, साँस्कृतिक नृत्य, नेपाली खाना, उत्पादनहरु तथा हिमाल आरोहण सम्बन्धी फोटो प्रदर्शनी समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?