वृहत सांगीतिक साँझसँगै जापानबाट सिद्धार्थ रेमिटको औपचारिक सेवा सुरु

nepali-sajhaaaटोकियो । जापानबाट सिद्धार्थ बैंकको सिद्धार्थ रेमिट्यान्स सुरु भएको छ ।

नेपालका चर्चित कलाकारहरुको साथमा बृहत सांगीतिक साँझसहित रेमिट्यान्सको शुभारम्भ गरिएको हो ।

जापानबाट नेपालको ‘क’ वर्गको सिद्धार्थ बैक लिमिटेडको सिधै कारोवार गर्न सकिने तथा रेमिटयान्स सेवा सुरु भएको अवसर पारेर सांगीतिक साँझको समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै एनआरएनएका उपाध्यक्ष भवन भट्ट, कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीलगायतले व्यवसायीक कारोवार सफल हुने विश्वास व्यक्त गरेका थिए ।

सिद्धार्थ बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जापानवासी नेपालीहरुमा नयाँ सेवा सुरु गरेको जानकारी दिए । सहायक कार्यकारी अधिकृत सुन्दर कँडेलले जापानबाट अव सिधै नेपालको बैकमा रकम जम्मा गर्न, कारोवार गर्न, ऋण प्रवाह गर्न लगायतका विभिन्न क्षेत्रमा लगानी गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जापानको टोकियोस्थित नाकानो जिरो हलमा निःशुल्क प्रवेशको व्यवस्थासहित आयोजित कार्यक्रममा नेपाली दर्शकहरुले मनोरञ्जन लिएका थिए ।

सिद्धार्थ रेमिटको औपचारिक सेवा सुरु अवसरमा आयोजित कार्यक्रममा चर्चित पप गायक निमा रुम्वा, हास्य कलाकारद्धय मनोज गजुरेल, कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे बुढो’ का साथमा नायिका ऋचा शर्मा र लोक गायिका काजल गुरुङले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

बैंकको उदघाटन पश्चात भएको सांगीतिक कार्यक्रममा चर्चित हाँस्यकलाकार मनोज गजुरेलले मोदीको भेषमा र नायिका ऋचा शर्माले पत्रकारको रुपमा अभिनय गरी अन्तर्वार्तामार्फत समसामयिक विषयमा व्यङग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?