टोकियोमा आज निशुल्क प्रवेशसहितको नेपाली साँझ हुँदै

Nepali-Sanghटोकियो । जापानको टोकियोमा आज सोमबार सिद्धार्थ रेमिट र सिद्धार्थ बैकको आयोजनामा नेपाली साँझ हुँदैछ ।

चर्चित नेपाली कलाकाहरुहरुको उपस्थितिमा नेपाली साँझको आयोजना गरिएको हो ।

नाकानो जिरो हलमा अपरान्ह तीन बजेबाट हुने कार्यक्रमका लागि नेपालबाट चर्चित कलाकारहरु जापान आइसकेका छन् ।

कार्यक्रममा सिद्धार्थ बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहायक कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल तथा रेमिटयान्स प्रमुख पंकज पन्त समेत सहभागी हुँदैछन् ।

नेपाली साँझमा नेपालका चर्चित पप गायक निमा रुम्वा, चर्चित हास्य कलाकार मनोज गजुरेल, नायिका ऋचा शर्मासहित हास्यकलाकारद्धय कुमार कट्टेल ‘जिग्री’ अर्जुन घिमिरे ‘पाँडे बुढा’ लोक गायिका काजल गुरुङ लगायतका कलारहरुले मनोरञ्जन प्रदान गर्नेछन् ।

कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा जापानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थित भई मनोरञ्जन लिन आयोजकले अपील गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?