नेपाल सन्देशसँगै यसरी झुम्यो टोकियो, भोलि झुम्दैछ ओहायो

music mela
टोकियो । मिडिया म्यासेज प्रालिद्वारा सञ्चालित नेपाल सन्देश डट कमको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित म्युजिक मेला जापानको टोकियोमा भब्य रुपमा सम्पन्न भएको छ ।

टोकियोस्थित ओता सिटी हल इकेगामी खाइकानमा म्युजिक मेलामा नेपालका चर्चित कलाकारहरुले भब्य प्रस्तुती दिएका थिए ।

चर्चित कलाकारहरु सुगम पोखरेल, सम्झना लामिछाने मगर, र्यापर निर्णय ’एनएसके’, सहिमा श्रेष्ठ र नविन पौडेलको गीत संगितले कार्यक्रममा सहभागी दर्शकहरुलाई पुर्ण मनोरञ्जन लिएका छन् ।

मिडिया म्यासेज प्रालि जापानको तेस्रो वार्षिक उत्सवको अवसरमा आज म्युजिक मेलाको आयोजना गरिएको हो ।

चार बजेदेखि सुरु भएको कार्यक्रममा करिब हजार जना भन्दा बढी सहभागि थिए । गायक गायिकाले नेपाली मौलीक गित गाउँदा जापानमा रहेका नेपालीहरु मातृभुमिप्रति न्यास्रिदै मञ्चसम्मै पुगेर नाचेका थिए । सात समुद्र पारि पनि आफ्नै देशका प्रिय कलाकारहरुको प्रस्तुती सुन्न र हेर्न पाएपछि उनीहरु दंग देखिन्थे ।

कार्यक्रमको नेपाल पत्रकार महासंघ जापानका सल्लाहकार तिलक बम मल्ल, बरिष्ठ समाजसेवी एवं व्यावसायी खिमबहादुर निउरे, एभरेष्ट इन्टरनेशनल इस्कुलका अध्यक्ष भुपालमान श्रेष्ठ, इभेन्ट पार्टनरका तर्फबाट दिलु खत्रीले संयुक्त उद्घाटन गरे ।

कार्यक्रमको संयोजन नेपाल सन्देशका प्रवन्ध निर्देशक नविन निउरेले गरेका थिए भने मिडिया म्यासेज प्रालिका अध्यक्ष रविन्द्र श्रेष्ठले ओपचारिक कार्यक्रम सञ्चालन गरे । दोस्रो सत्रमा भने शिक्षा शान्ति वाइबा र प्रदिप कार्कीले कार्यक्रम सञ्चालन गरे ।

भोलि ओहायोमा म्युजिक मेला
नेपालबाट गएका पाँच चर्चित कलाकारहरुले भोलि ओहायोमा प्रस्तुती दिने छन् । आजको कार्यक्रम अपार रुपमा सफल भएको आयोजकले जनाएको छ । भोलि हुने कार्यक्रमको पनि सम्पुर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।  भोलिको कार्यक्रममा पनि सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?