जापानमा आज भव्य म्युजिक मेला कार्यक्रम हुँदै

Unity Music mela जटोकियो । जापानको टोकियोमा आज भव्य म्युजिक मेलाको आयोजना गरिएको छ ।

मिडिया म्यासेज प्रा.लिको तेस्रो वार्षिक उत्सवको अवसरमा चर्चित गायक गायिकाको उपस्थितिमा म्युजिक मेलाको आयोजना गरिएको हो ।
ओता सिटी हल इकेगामी खाइकानमा जापानी सयमअनुसा ठीक ४ बजे सुरु हुने म्युजिक मेलामा आफ्नो प्रस्तुती दिन नेपालबाट पाँच जना कलाकारहरु जापान आइपुगिसकेका छन् ।

म्युजिक मेलामा प्रस्तुतिका लागि नेपालबाट चर्चित कलाकारहरु सुगम पोखरेल, सम्झना लामिछाने मगर, र्यापर निर्णय श्रेष्ठ ‘एनएसके’, सहिमा श्रेष्ठ र नविन पौडेल जापान आइपुगेका हुन् ।

उनीहरुलाई मिडिया म्यासेज प्रालिका अध्यक्ष रविन्द्र श्रेष्ठ र प्रवन्ध निर्देशक नविन निउरे लगायतका आयोजकहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

japan-kalakar-1

म्युजिक मेलाको सम्पूर्ण तयारी पुरा भइसकेको कार्यक्रम संयोजक तथा मिडिया म्यासेज प्रा.लिका प्रवन्ध निर्देशक नविन निउरेले जानकारी दिए ।

कार्यक्रममा जापानमै रहेका हाँस्य कलाकार कुमार श्रेष्ठ फर्सिलालले समेत विशेष प्रस्तुती दिने आयोजकले जनाएको छ ।

म्युजिक मेलामा सहभागी हुन सम्पूर्ण जापानबासी नेपालीहरुमा आयोजकले अनुरोध समेत गरेको छ । कार्यक्रमको जापानका लागि कार्यवाहक नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले उदघाटन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?