म्युजिक मेलामा भाग लने पाँच कलाकार जापानमा, विमानस्थलमा भव्य स्वागत

japan kalakar (1)

टोकियो । जापानको टोकियोमा भोलि मे १ तारिखका दिन आयोजना गर्न लागिएको म्युजिक मेलामा आफ्नो प्रस्तुती दिन पाँच जना कलाकारहरु जापान आइपुगेका छन् ।
मिडिया म्यासेज प्रालि जापानको तेस्रो वार्षिक उत्सवको अवसरमा भोलि म्युजिक मेलाको आयोजना गर्न लागिएको हो ।

म्युजिक मेलामा प्रस्तुतीका लागि नेपालबाट चर्चित कलाकारहरु सुगम पोखरेल, सम्झना लामिछाने मगर, र्यापर निर्णय ’एनएसके’, सहिमा श्रेष्ठ र नविन पौडेल जापान आइपुगेका हुन् ।
japan kalakar (8)

उनीहरुलाई मिडिया म्यासेज प्रालिका अध्यक्ष रविन्द्र श्रेष्ठ र प्रवन्ध निर्देशक नविन निउरे लगायतका आयोजकहरुले विमानस्थलमा भब्य स्वागत गरेका छन् । भोलि हुने मेलामा उनीहरुले चर्चित र लोकप्रिय गितहरु प्रस्तुत गर्नेछन् । कलाकारहरु जापान पुगेसँगै म्युजिक मेलाको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक तथा मिडिया म्यासेज प्रा.लि.का प्रबन्ध निर्देशक नविन निउरेले जानकारी दिए ।

japan kalakar (6)

कार्यक्रममा जापानमै रहेका हाँस्य कलाकार कुमार श्रेष्ठ फर्सिलालले समेत विशेष प्रस्तुती दिने आयोजकले जनाएको छ । भोलि मे १ तारिखमा टोकियोस्थित ओता सिटी हल इकेगामी खाइकानमा म्युजिक मेलाको आयोजना गरिएको छ । भोलि साँझ ४ बजेदेखि सुरु हुने म्युजिक मेलामा सहभागी हुन सम्पूर्ण जापानबासी नेपालीहरुमा आयोजकले अनुरोध गरेको छ ।

japan kalakar (5)

कार्यक्रमको जापानका लागि कार्यवाहक नेपाली राजदुत गेहेन्द्रबहादुर राजभण्डारीले उद्घाटन गर्नेछन् । म्युजिक मेलाका टिकटहरु जापानको टोकियोका विभिन्न स्थानमा टिकट विक्री भइरहेको र अब टिकट बिक्री पनि सकिनै लागेको निउरेले बताए ।

japan kalakar (4)

japan kalakar (3)

japan kalakar (2)

japan kalakar (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?