मजदुर दिवसको कार्यक्रममा सहभागिता जनाउँन एमाले सचिव गुरुङ जापानमा

Gurung in Japanटोकियो । नेकपा एमालेका सचिव तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ जापानको टोकियो आइपुगेका छन् ।

एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्चको आयोजनामा हुने विश्व मजदुर दिवसको कार्यक्रममा सहभागिता जनाउँनका लागि पुर्व पर्यटन मन्त्री समेत रहेका पृथ्वी सुब्बा गुरुङ जापान आइपुगेका हुन् ।

मञ्चले भोलि मे १ तारिख आइतबार जापानको राजधानी टोकियोस्थित इकेगामी खाइकानमा मजदुर दिवसको अवसरमा विशेष कार्यक्रम राखेको छ ।

उक्त कार्यक्रममा सहभागी हुनका लागि सचिव गुरुङको साथमा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवं पूर्वी र दक्षिण एशिया क्षेत्रका ईन्चार्ज राजन राई पनि जापान आएका छन् ।

उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा मञ्चका अध्यक्ष कृष्ण खड्का, महासचिव कुलचन्द्र खरेल लगायले स्वागत गरेका थिए ।

मे दिवसको अवसरमा नेपालमा शान्ति र सम्वृद्दिको निम्ति वर्तमान चुनौति र सम्भावना विषयमा अन्तक्र्रिया कार्यक्रम समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?