स्केन्डलमा परेपछि मित्सुबिशी गाडीको बिक्रीमा कमी

2016-Mitsubishi-टोकियो ।इन्धनको क्षमतालाई लिएर काण्ड झेलिरहेको मित्सुबिशी कम्पनीका सवारी साधन बिक्री आधा भन्दा कम भएको छ ।

अटोमोबाईलका प्रमुख टेटसुरो आइकावाले कम्पनीको ईज्जतमा धक्का लागेको भन्दै संकट खेप्नु परेको बताएका छन् ।

साथै हाम्रो अवस्था ज्यादै नाजुक रहेको जसको कारणले हामी दुखित परिवेशमा रेहेको जनाएका छन्  ।

स्केन्डल पछि मित्सुबिशी कम्पनीले सवारी साधनको उत्पादनमा सुधार गरेका छ ।

मित्सुबिशी कम्पनीले कुन कर्मचारीद्धारा उक्त घटना भएको हो त्यस बारे हालसम्म कुनै जानकारी दिएको छैन । पछिल्लो वर्ष दश लाखको संख्यामा मित्सुबिशीका सवारी साधन बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?